एमसीसी : सत्तागठवन्धनका लागि गलपासो
प्रधानमन्त्री देउवा दोधारमा, सभामुख सापकोटा निशानामा
काठमाडौं । यतिखेर संसदका सभामुख अग्नि प्रसाद सापकोटा नेपाली का“ग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुवै पार्टीको निशानामा परेका छन । हिजोको दिनमा एमालेको निशानमा मात्रै रहेका सापकोटा सत्तारुढ दल नेपाली का“ग्रेसकोसमेत निशानामा परेपछि थप तनावमा परेको बताइएको । खासगरी प्रमुख प्रतिपक्ष दल एमालेले आफना १४ जना सांससदलाई कारवाही नगरेको कारण पार्टीमा फुटेको आरोप लगाउ“दै छ ।
पार्टीले कारवाही गरेका सांसदलाई सभामुखले जोगाउँदा नेकपा एमाले फुटको संघारमा पुगेको उसको आरोप छ । यही कारण सभामुख सापकोटा माथिा कारवाही हुनुपनर्ने काग गर्दै गएको भदौ देखि नै एमालेको संसदको बैठक सुचारु हुन दिएको छैन । सभामुख सापकोटाले जवरर्जस्त रुपमा संसद संचालन गरेको र प्रमुख प्रतिपक्ष दललाई अबमुल्यन गरेको आरोप पनि एमालेले लगाउँदै आएको छ । जसका कारण कयौं बिधयेकहरु संसदमा छलफल हुन नसकेर थन्किन पुगेका छन ।
यतिखेर सरकारको नेतृत्व गरेका नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा माथि अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गर्न मुलुक भित्र र बाहिरबाट चौतर्फी दवाव परेको छ । सत्तागठबन्धन दल भित्रबाट भने उक्त परियोजना अहिलेको हालत र अवस्थामा संसदमा नलैजानको लागि तीब्र दवाव दिइएको छ । पारित गर्नेपर्ने भएपनि प्रधानमन्त्री देउवालाई परिमार्जन गरेर मात्र गर्न सझाव दिइएको छ । तर प्रधानमन्त्री देउवा भने एमसीसी संसदमा टेवुल गरौं, त्यसपछि बिचार गरौला भन्ने पक्षमा रहेको बुझिएको छ । त्यसका लागि प्रधानमन्त्री देउवालाई प्रमुख प्रतिपक्ष दल एमालेको पनि साथ र सहयोग रहेको देखिएको छ । बरु सभामुख सापकोटाले नै असहयोग गर्ने स्थिति पैदा भएको बताइन्छ । मुलुकको हित भन्दा पनि अहितमा एमसीसी रहेको भन्दै यही अवस्थामा संसदमा टेवुल गर्न नदिने रणनीतिमा सभामुख सापकोटा पुगेका छन ।
सभामुख सापकोटा नेकपा माओवादी केन्द्रको तर्फबाट सभामुख बनेको भएपनि अहिले भने स्वतन्त्र भुमिका खेल्नु पर्ने दायित्व उनमा छ । तर पनि सकेसम्म पार्टीको सहमति बिना उनी अगाडि बढन सक्ने अवस्थामा छैनन । किनभने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि एमसीसीको बिपक्षमा रहदैं आएका छन । पारित गर्नैपर्ने भएपनि परिमार्जनसहित गर्नुपर्ने नेकपा माओवादीको अडान रहेको छ । प्रधानमन्त्री देउवा भने संसदमा टेवुल गर्रौ, त्यसपछि सहमति जुटाउँला भन्दै एमालेको सहयोग लिएर अगाडि बढने पक्षमा देखिएका छन । माओवादी अध्यक्ष भन्दा पनि सभामुख सापकोटा नै यतिवेला एमसीसीको बाधक हुने निश्चित जस्तै छ । उनको अभिव्यक्तिले हिजोआज त्यही झ–झल्को दिने गरेको छ ।
हिजो शनिवार यही बिषयमा प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा र प्रचण्डका बिचमा संवाद भएपनि प्रचण्डले पुरानै अडान दोहो¥याएको बताइएको छ । प्रधानमन्त्री देउवाले एमसीसी संसदमा टेवुल गर्नका लागि प्रस्ताव गरेपनि माओवादी अध्यक्षले अस्वीकार गरेको जानकारस्रोतले बताएको छ । संसदबाट अस्वीकार गरेको खण्डमा आफु मान्न तयार रहेको प्रधानमन्त्रीको भनाइ रहेको बुझिएको छ । गठबन्धन भित्रकै केही दल तटस्थ बसेपनि एमालेको सहयोग लिएर भएपनि एमसीसी पास गर्ने मुडमा प्रधानमन्त्री रहेका छन । तर त्यस अघि नै यस बिषयमा गठबन्धन सरकार प्रष्ट नभएसम्म एमालेले सहयोग नगर्ने बताउँदै आएको छ । मुलुकका मुख्य राजनीतिक दलको दलीय स्वार्थका कारण दातृ निकायले उपलव्ध गराउन लागेको करिव ५५ अर्व सहयोग राशी के हुने भन्ने अन्यौल कायमै छ । सरकारमा छंदा पास गर्ने पक्षमा रहेको एमाले पनि संसदमा एमसीसी टेबुल भएपछि मात्र आफनो पार्टीको धारणा बाहिर ल्याउने भन्दै गैर जिम्मेवार अभिव्यक्ति दिदै आएको छ ।