गुल्मी तम्घासमा बर्दियाका पर्यटन व्यवसायी र गुल्मीका होटल व्यवसायी बीच अन्र्तक्रिया
गुल्मीको सदरमुकाम तम्घासमा बर्दियाका पर्यटन व्यवसायी र गुल्मीका होटल व्यवसायीबीच अन्र्तक्रिया गरिएको छ । ‘बाघ हेर्न बर्दिया जाऊँ पर्यटन प्रवद्र्धनमा सघाऊँ’ भन्ने अभियान अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्जको प्रसार–प्रसारका लागि गुल्मी आएका पर्यटन व्यवसायीसँग सोमबार अन्तरक्रिया गरिएको हो । बर्दियाबाट गुल्मी आएका पर्यटन व्यवसायीहरुलाई राष्ट्रिय फूल लाली गुराँसद्वारा स्वागत गरिएको थियो ।
बर्दियाको ठाकुर बाबा नगरपालिका बर्दियाको सहयोगमा बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरबाबा नगरपालिका बर्दियासंगको सहकार्य र पर्या–पर्यटन विकास मञ्च बर्दिया तथा होटल व्यवसायी मञ्च गुल्मीको संयुक्त आयोजनामा दुवै स्थानमा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥र्याउने उद्देश्यका साथ अन्तरक्रिया गरिएको होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कंडेलले जानकारी दिनुभयो । अध्यक्ष कंडेलले यो अन्तरक्रियाले दुवै स्थानको पर्यटनमा टेवा पु¥र्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
पर्या–पर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष कृष्णप्रसाद भट्टराईले पर्यटन व्यवसायको क्षेत्रमा राज्यको नीतिगत कमजोरका कारण समस्या भएको बताउनुभयो । आर्थिक समृद्धिमा पर्यटन व्यवसायले महत्वपूर्ण योगदान पु¥र्याउँदै आएपनि राज्यले यसप्रति पर्याप्त ध्यान भने पु¥र्याउन नसकिरहेको बताउनुभयो । राज्यले पर्यटक र पर्यटनको परिभाषा गर्न समेत कन्जुस्याइँ गरेको भट्टराईको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन क्षेत्रलाई प्रचार गर्न नसकिएको बताए ।
अन्तरक्रियामा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, होटल व्यवसायी महासंघका सचिवालय सदस्य युवराज भण्डारी, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेल, रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसाल, कृष्णप्रसाद भण्डारी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, होटल व्यवसायीहरु लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन मुकुन्दहरि गौतमले गर्नुभएको थियो ।