सिन्धु पुत्र कलाकार जयनन्द लामाको निधन ।
सिन्धुपाल्चोक जिल्लामा जन्म लिई अभिनय र लोक गायनको माध्यमबाट अमर छाप बन्न सफल सिन्धु पुत्र जयनन्द लामा यस धतिबाट सधैको लागि विदा हुनु भएको छ । उनको वुधवार विहान निधन भएको हो । सिन्धुपाल्चोक बाह्विसे नगरपालिका –२ धार्पाका लामाको भक्तपुर स्थित कौशलटारमा निधन भएको हो उनले यस अभिनय क्षेत्रमा २०३० मा पाईला टेकेको थिए लामाले १०० भन्दा बढी चलचित्रहरुमा अभिनय गरिसकेको छन् । २०३० साल देखी उनले कला क्षेत्रलाई नै निरन्तरता दिदै आईरहेको थिए । लामाले लोकसंगगतिको क्षेत्रमा अध्यन, अनुसन्धान पनि गदै आएका थिए । सिन्धुपाल्चोक बाह्विसेमा जन्मेका लामा उनी हुर्केको समाजमा फरक –फरक जातजातिको बसोबास भए पनि गाउँलेहरु विच साँस्कृतिक एकता थियो । उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा पनि अभिनय गर्दै आएका थिए ।
उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।