नेपाल औषधी व्यवसायी संघ गुल्मीको अध्यक्षमा पाण्डे
नेपाल औषधी व्यवसायी संघ गुल्मीको अध्यक्षमा फर्सुराम पाण्डे निर्वाचित हुनुभएको छ। औषधी व्यवसायी संघको छैठौं जिल्ला अधिवेशनबाट पाण्डे निर्विरोध निर्वाचित हुनुभएको हो।
उपाध्यक्षमा पार्वता थापा, महासचिवमा गणेश श्रेष्ठ, सचिवमा नारायण अर्याल, कोषाध्यक्षमा जुवानन्द बेल्वासे, उपकोषाध्यक्षमा अनन्त अधिकारी निर्वाचित हुनुभएको छ। सदस्यहरुमा खिम बहादुर ज्ञवाली, जयप्रकाश भट्टराई, भिम बहादुर पौडेल निर्वाचित हुनुभएको छ ।
शनिबार सदरमुकाम तम्घासमा भएको अधिवेशनको नेपाल औषधी व्यवसायी संघ केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, नेपाल औषधी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद खरेल, केन्द्रीय पूर्व उपाध्यक्ष लोकहरि श्रेष्ठ, औषधी व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली, उपाध्यक्ष अमृत सुवेदी, महासचिव लुकराज न्यौपानेको आतिथ्यता रहेको थियो ।
यस्तै गुल्मी जिल्ला इन्चार्ज कमलप्रसाद पाण्डे, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठ, चेम्बर अफ कमर्सका उपाध्यक्ष वीरेन्द्र भुसाल, नेपाल रेडक्रस सोसाइटी गुल्मीका सभापति राजेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नेत्रज्योति संघ गुल्मीका उपाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीका उपाध्यक्ष ताराप्रसाद भुसाल लगायतको आतिथ्यता रहेको थियो । त्यस अवसरमा पूर्व अध्यक्षहरु शेरबहादुर थापा, चुडामणि पन्थी, कमलाप्रसाद पाण्डेय, जयप्रकाश श्रेष्ठलाई सम्मान गरिएको थियो । पावर्ता थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन गणेश श्रेष्ठले गर्नुभएको थियो ।