गुल्मीमा अलपत्र स्वास्थ्यचौकी
गुल्मी जिल्ला गुल्मीदरबार गापा को वडा नं ७ मा निर्माणाधीन स्वास्थ्य चौकीको निर्माणमा ठेकेदारको लापरबाहीले गर्दा वि।सं २०७५ सालबाट निर्माणको काम सुरु भएको स्वास्थ्य चौकीको निर्माण कार्य अझैसम्म पनि पूरा भएको छैन। निर्माणको जिम्मा पाएको डि (एण्ड) डि निर्माण सेवाले अर्को ठेकेदार जीवन थापालाई जिम्मा दिएको र काममा ढिलासुस्ती भएको छ । काम पनि गुणस्तरीय नभएको भनेर सचेत स्थानीयले विरोध गरेको पाईएको छ । निर्माणको काम लगभग सकिन लाग्यो भन्ने विश्वास दिलाउनका लागि भएपनि बाहिरी संरचनामा रङ्ग लगाईएको छ । तर उक्त निर्माणाधीन स्वास्थ्य चौकीमा कामदारको उपस्थिति देखिएको छैन । स्वास्थ्य चौकीको निर्माण कार्यसम्वन्धी वडाका जनप्रतिनिधि समेतलाई जानकारी नभएको पाईएको छ । यो निर्माणको कार्य स्थानीय तहसँग सम्बन्धित नरहेको ,भवन तथा सहरी विकास आयोजना पाल्पा कार्यालयले हेरेको , र अहिले त्यो कार्यालय सरेर रुपन्देहीको भैरहवाको सहरी भवन डिभिजन कार्यालयले हेरेको छ । स्वास्थ्य चौकीको काम गुणस्तरीय नभएको तथा ढिलासुस्ती गरेर अलपत्र पारेको भनेर स्थानीय निराश छन् ।
यस स्वास्थ्य चौकीको भुई तल्लामा फिट गरेको बगिmष्लष्गm का झ्याल तथा ढोकाहरु तम्घासस्थित गगन स्टिल उधोगका मान्छेहरु आएर लगेको भनेर स्थानीयले बताएका छन् । माथिल्लो तल्लामा ताल्चा लगाएको हुनाले त्यहाँ यथावत नै छ । ठेकेदारले पैसा नदिएर लामो समयसम्म झुलाएको हुनाले आक्रोशमा आएर त्यसो हुन सक्ने स्थानीय बताउँछन् । ठेकेदार जीवन थापाले चाहिँ झ्याल ढोका फिट गर्नेको काम सन्तोषजनक नभएको भनेका छन्। वास्तविकता बुझ्दा ठेकेदारले गगन स्टिल उधोगलाई ८ लाख दिन बाँकी रहेछ।
यस स्वास्थ्य चौकी वि।सं २०७५ मा निर्माण सुरु भएर अहिलेसम्म पनि पूरा नहुनु कस्तो अचम्म १ ठेकेदार जीवन थापाले पटक पटक गरी अहिलेसम्म ३ पटक म्याद थप गरीसकेका छन् । यस स्वास्थ्य चौकीको सम्झौता रकम रु १ करोड ७३ लाख मध्ये आफूले रु ९३ लाख भुक्तानी बुझेको जीवन थापा बताउँछन् ।
समग्रमा बुझ्दा यस स्वास्थ्य चौकीको निर्माणमा ढिलासुस्ती हुनुमा ठेकेदारको कमजोरी देखिन्छ । स्थानीयले बताए अनुसार जीवन थापाले यहाँका पसलहरु राशन,निर्माण सामाग्री ,बिजुली आदि स्थानीय व्यापारी० लाई पैसा तिर्न बाँकी रहेको तथा पौष महिना पश्चात् कामदारले आफ्नो पारिश्रमिक नपाएर निर्माणको काम स्थगित भएको छ ।