गुल्मीको छत्रकोट चारको वडाअध्यक्षमा कंडेल सर्वसम्मत उमदेवार

बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसबाट भेषराज कंडेल वडाअध्यक्षमा सर्वसम्मत उमेदवार बन्नुभएको छ । लामो समय देखि सामाजिक सेवामा सक्रिय कंडेललाई नेपाली काँग्रेस वडा समितिले सर्वसम्मत वडाध्यक्षको उमेदवार बनाएको छ । कंडेल यस अघि होटल व्यवसायी मञ्च गुल्मीको अध्यक्ष समेत हुनुहुन्थ्यो । दर्जनौं सामाजिक संघसंस्थामा आवद्ध भएर सामाजिक सेवामा सक्रिय कंडेल यस पटक जनप्रतिनधि भएर जनताको निस्वार्थ सेवा गर्ने उद्देश्यका साथ उमेदवार बन्नुभएको हो ।

राजनैतिक रुपमा कुनै एउटा पार्टीबाट उमेदवार बन्नुपर्ने भएपनि आफु सबैको साझा उमेदवार भएको कंडेलको भनाइ छ । कंडेलले सबै जनता समान हुन् भन्ने भावना राख्नुहुन्छ । ‘मेरा लागि सबै जनता समान हुन् । राजनैतिक रुपमा कुनै पनि जनतालाई विभेद गर्नुहुन्न ।’ सामाजिक क्षेत्रमा जनताको थुप्रै काम गरेको बताउँदै कंडेलले भन्नुभयो,– ‘एक जना जनता पनि मेरो लागि सर्वोपरी हो । ठुला–ठुला सपना देखाएर होइन् जनताका साना–साना काम गरेर वडालाई समृद्ध बनाउने उद्देश्य छ ।’

कंडेलले प्रवासी जीवन पनि बिताउनुभएको थियो । त्यहाँ रहदा पनि उहाँले सामाजिक कार्य र न्यायका लागि सधै सक्रिय भएर लाग्नुभयो । नेपाली जनसम्पर्क समिति उत्तरभारत क्षेत्रको क्षेत्रिय समिति रहेर नेपालीका थुप्रै समस्याहरुका प्रति आवाज उठाएको स्मरण गर्नुहुन्छ । साथै जीवनमा अधिकांश समय होटल व्यावसाय सञ्चालन गर्दा पनि सामाजिक क्षेत्रमा पनि उहाँको सक्रियता उत्तिकै रह्यो ।

कोभिड महामारी, बाढी पहिरो, आगलागी जस्ता घटनामा कंडेल आफै संस्थागत रुपमा तथा व्यक्तिगत रुपमा पनि पुगेर सहयोग गर्दै आउनुभएको छ । उहाँ भिजेनेबल व्यक्ति हुनुहुन्छ । वडामा स–साना कुराहरुमा पनि विकासका सम्भावंना देख्नुहुन्छ । विकास दिगो हुनुपर्छ भन्ने भावना कंडेलसंग छ । बितेको पाँच वर्षमा आँखै अघि थुप्रै मोटरबाटो खनिएँ । तर ति मोटरबाटाहरु पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्मे हुने अवस्थाका छन् । यसले जनताका आवश्कतालाई सहज बनाउनुको साटो झन अप्ठारो बनाएको उहाँको भनाइ छ ।

वडामा भौतिक संरचना स्थानी बनाउनुपर्नेछ । ‘जथाभावी मोटरबाटो खन्ने होइन’–उहाँ भन्नुहुन्छ,–‘भौतिक संरचना आवश्यकताका आधारमा र प्रयोगका आधारमा बनाउने हो ।’ बनेका मोटरबाटो स्तरवृद्धि गरि वडालाई सुगम बनाउने कंडेलको भनाइ छ । सडकलाई सुगम नबनाएसम्म वडाको कृषि उपजले बजार नपाउने कंडेलको भनाइ छ । अबको बाटो व्यवहारिक शिक्षाको हो । प्राविधिक शिक्षामा विद्यार्थीहरुको पहुँच नपु¥याएसम्म जीवनपरक शिक्षा हुँदैन् भन्ने कंडेलको मान्यता छ । व्यवहारिक र सीपयुक्त शिक्षा नभएका कारणले पनि लाखौं संख्यामा विदेशीनुपर्ने बाध्यता छ ।

‘यसको अन्त्यका लागि सुरुवात नै वडाबाट गर्नुपर्छ ।’ उहाँ भन्नुहुन्छ–‘कृषिमा जनशक्तिलाई रुपान्तरण गरि वडामा प्रत्येक वर्ष रोजगारी सिर्जना गरि जनशक्ति रोक्न प्राथमिकताका साथ काम गर्छु ।’ त्यस वडामा सुन्तला र कफी पनि राम्रो उत्पादन हुन्छ । वडामा चिनि उद्योग खोल्ने पनि योजना छ । ‘स्थानीय तह बनेपछि मुख्य गरि जथाभावी कर उठाउने गरेको गुनाँसो सुन्ने गरेको छु’ उहाँले भन्नुभयो,–‘कर उत्पादनाको प्रवृत्ति हेरेर उठाउनुपर्छ । जनतालाई जथाभावी कर थोपरेर मारमा पार्नुहुन्न ।’ उत्पादनमा आधारित कर निर्धारण गरि काम गर्ने उहाँले बताउनुभयो ।

जनप्रतिनिधि भएपछि अधिकांशले व्यक्तिगत सुविधाका लागि तलबभत्ता प्रयोग गरेको पाइन्छ । कंडेलले जनप्रतिनिधिले प्राप्त गर्ने तलबभत्ता असाय, दुखी गरिब, जेष्ट नागरिक, विपन्नका लागि खर्चिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । वडाबाट प्रदान गरिने सेवा सुविधालाई सरल, सहज र छिटो सञ्चालन गर्ने बताउनभयो ।

कंडेलले राजनैतिक रुपमा नेपाली काँग्रेसमा लामो देखि आवद्ध भएर पार्टीको सांगठनिक कार्यमा पनि योगदान पु¥याउनुभएको छ । पार्टीको क्षेत्रिय सदस्य, साविकको इलाका संयोजक, कोषाध्यक्ष हुँदै अहिले नेपाली काँग्रेस क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ को उपसभापति समेत हुनुहुन्छ । त्यस वडामा ०७४ सालमा भएको निर्वाचनमा माओवादीसँग गठबन्धन भएको थियो । यसपटक वडामा गठबन्धन भएपनि सदस्यहरुमा सहमतिका आधारमा सदस्य टुङगान सकिने कंडेलले जानकारी दिनुभयो ।