त्रिपुरासुन्दरीमा बोहराको जीत सुनिश्चित
काठमाडौं । यही वैशाख ३० गते शुक्रबारका दिन हुने स्थानीय तहको निर्वाचनका लागि सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिको तर्फवाट पालिका अध्यक्षमा नेपाली काग्नेसका युवा, सालिन र कुशल व्यक्तित्व भक्तध्वज बोहराको पक्षमा जनलहर बढेको छ । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका बोहरा पार्टीको स्थानीय समितीबाट तर्फबाटनिर्विरोध सिफारिसमा परेका थिए । उनी पार्टीको जिल्ला समिती सचिव समेत हुन् । उनी त्रिपुरासुन्दरी गाउँपालिकाको आशा र भरोसाको केन्द्र मानिन्छन्
विगत ३० वर्ष देखि नेपाली कांग्रेसमा सक्रिए रहदै आएका बोहरा ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेका नेता भुपेन्द्र श्रेष्ठ संग करिब ७४ मतले पराजय भएका थिए । तर यस पटक अध्यक्ष श्रेष्ठ एमाले पार्टी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेसंगै त्रिपुरा सुन्दरी गाउँपालिकाको राजनीति कांगे्रसमय बनेको छ । यस कारण पनि बोहराको जीत सुनश्चिित बनेको स्थानीय बासीहरु बताउँछन् ।