अन्तराष्ट्रिय म्याराथुन धावक श्रेष्ठलाई गृहजिल्ला गुल्मीमा सम्मान
गुल्मी, जेठ २४ गते । गुल्मीका एक युवा अन्तराष्ट्रिय म्याराथुन धावक बनेर गाउँ फर्किनुभएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–३, हाडहाडे निवासी ३० बर्षीय नारायण श्रेष्ठ भारतिय सेनाको लाहुरे भन्दाकैयौं गुना ठ्ुलो प्रगति अन्तराष्ट्रियम्याराथुन धावक र कुवेद स्थित अमेरिकी युनिर्भसिटीमा म्याराथुन प्रशिक्षक समेतको सफलता प्राप्त गरि घर फर्किनुभएको हो ।
उहाँले विभिन्न मुलकमा भएका अन्तराष्ट्रिय म्याराथुन दौड प्रतियोगितामा सन २०१८, २०१९ र २०२० सहित लगातार तीन वटै बर्ष एयुएमको उपधी जितेर स्वदेश फर्किनुभएको छ । उहाँले २.७ किलो मिटर दौड ९ मिनेट ३८ सेकण्डमा पार गरि अन्य देशका प्रतियोगीलाई पछाडी पार्दै सफलता हात पार्नुभएको थियो ।
धुर्कोट गाउँपालिका हाडहाडे स्थित सामन्य कृषक परिवारमा पिता केशव श्रेष्ठ र माता धनिदेवि श्रेष्ठको कोखबाट कान्छा छोराका रुपमा जन्मिनुभएको थियो । श्रेष्ठ हाडहाडेस्थित सोमरभोमर माध्यामिक विद्यालयमा अध्ययनको क्रमबाटै दौडमा निकै चासो राख्नुहुन्थ्यो ।
छिमेकी जिल्ला अर्घाखााचीको खनदह स्थित तत्कालिन आदर्श उच्च मवि बाट उच्च शिक्षा हासिल गर्न सुरु गर्नुभएका श्रेष्ठ २०६७ साल सम्म जिल्लामा हुने राष्ट्रपति शिल्ड कप प्रतियोगितमा धेरै पटक गोल्ड मेडल समेत जित्दै आउनुभयो । त्यस अवधीमा उहाँले क्षेत्रिय र राष्ट्रिय प्रतियोगितमा समेत गोल्ड मेडल सहित विभिन्न पदक जितेर जिल्लाको नाम उचो राख्दै आउनुभएको थियो । कुविद पुगेपछि आफ्नो कम्पनी मार्फत विभिन्न अन्तराष्ट्रिय दौड प्रतियोगितामा भाग लिनुभएका श्रेष्ठ, दुबई र स्पेनमा भएका प्रतियोगितामा समेत विभिन्न पदक जित्न सफल हुनुभएको थियो ।
गृहजिल्ला फर्किनुभएका उहाँलाई सोमबार जिल्ला खेलुकद विकास समिति गुल्मीले पनि सम्मान गरेको छ । सम्मान कार्यक्रममा सहभागि नेपाली कांग्रेसका नेता छन्द पहराईले श्रेष्ठ म्याराथुन खेलमा अन्तराष्ट्रिय स्तरमै ख्याती कमाएर आएको प्रति आफुलाई गौरव लागेको बताउनुभयो । प्रमुख अतिथी खेलकुद विकास प्रदेश समिति सदस्य भरत थापा, अर्का अतिथी बद्री महत, गुल्मीका कोषाध्यक्ष महेश काउछा र अध्यक्ष महेश काउछाले गुल्मी जिल्लाका विना खर्च उत्पादन हुनुभएको निकै ठुलो गहना भएको प्रतिकृया दिनुभयो ।
द्द ब्ततबअजmभलतक