बिभाजनको डिलमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद फेरि ब्युँतिदा बिभाजनका डिलमा पुगेको छ । बर्तमान देउवा सरकारमा रहेका मन्त्रीहरु हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णयपछि त्यो रोग जसपा भित्र पनि प्रवेश गरेको छ । यही कारण पार्टी विभाजनको डीलमा पुगेको बताइएको छ ।
अहिले अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष बिभाजित भएका कारण संसदीय दल पनि विभाजित हुन पुगेको छ । जसपाका १९ जना सांसदमध्ये १२ जना बाबुराम भट्टाराइको पक्षमा खुलेको कारण यादव समुह अल्पमतमा परेको बताइन्छ ।
उपेन्द्रको पक्षमा ७ जना मात्रै सांसद रहेका कारण कार्यकारिणी समितिमा पनि बाबुराम पक्ष बहुमतमा रहेको दाबी सो समुहले गदै आएको छ छ । जसपाका नेता अशोक राई, हाल संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रीरहेका राजेन्द्र श्रेष्ठ पनि बाबुराम पक्षमा लागेपछि उनी बलियो भएको जसपाका नेताहरु बताउँछन ।
उसो त, नेपाली काँग्रेस नेतृत्वको बर्तमान गठबन्धन सरकारमा मन्त्री पठाउने समयमा ६ महिना कार्यकाल तोकेर जसपापले अहिलेका मन्त्रीहरुलाई पठाएको थियो । त्यो समयाअवधी पार गरेपछि बाँकी ६ महिनाका लागि पुनः अन्य सांसदलाई मन्त्री बनाउने भनेर प्रतिस्पर्धीहरुलाई त्यतिवेला थामथुम पारिएको थियो । अहिले, उनीहरु मन्त्रिपरिषदका मन्त्रीहरु फेरबदल हुँदा जसरी पनि मन्त्री बन्ने दौडमा लागेका कारण पनि जसपाको बिवाद देखिने गरी बाहिर आएको हो । मन्त्री बन्ने दौडमा रहेका नेता तथा सांसदहरुलाई साथ दिएर बाबुराम भट्टराईले थप मलजल गरिरहेको आरोप जसपाका नेताहरुले लगाएका छन ।
त्यही भएर जसपा अध्यक्ष यादवले बिभाजन रोक्नको लागि लोकतान्त्रिक समाजबादी पार्टीसँग पार्टी एकीकरण गर्ने पासा फालेका छन । महन्थ ठाकुरसँग पार्टी एकता गरेपछि आउने निर्वाचनमा कांग्रेससँग तालमेल गर्ने रणनीति बनाएका छन् । त्यही कारण अहिले बाबुरामले यो गठबन्धनको विकल्प खोज्नुपर्ने बताइरहेका हुन । उपेन्द्र पनि के कम । वावुराम भन्दा एक कदम अगाडि बढेर पार्टी एकताको हल्ला चलाइसकेका छन ।
यता, बाबुराम भट्टराईले अहिले जसपाभित्र समस्या बढाएर सकेसम्म जसपा पार्टी कब्जा गर्ने रणनीतिमा लागेका छन् । कार्यकारिणी सदस्यमा बहुमत पुर्याएर कब्जा गर्ने रणनीति लिएका भट्टराईलाई जसपाभित्रका पूर्वराजपा समूहका नेताहरुले साथ दिदै आएको बताइन्छ ।
मन्त्रीका आंकाक्ष्ाँीहरु मोहम्मद इस्तियाक राई, प्रदीप यादव, मृगेन्द्र सिंह यादव, मन्त्री रेणुकुमारी यादवलगायतका नेताहरु बाबुराम क्याम्पमा लागेको बताइएको छ । उनीहरु यसअघि उपेन्द्र यादवका विश्वास पात्र मात्र थिएनन कि अवसर पनि लिइसकेका नेताहरु हुन । बर्तमान सरकारमा मन्त्री बन्न नपाएकै झोकमा उनीहरुले कित्ता परिवर्तन गरेको जानकारस्रोत बताउँछ । पूर्वराजपाका नेताहरु हाल कृषि मन्त्री रहेको महिन्द्र राय यादव, मृगेन्द्र सिंह, अमृता अग्रहरीलगायतका सांसदहरु पनि बाबुराम भट्टराईको पक्षमा खुलेका छन ।
विचार मिल्नेहरु एकातिर हुनुपर्ने धारणा राखिएका बाबुरामको पुरानै लाइन भएपनि अहिले बीचको केही समय भने बाबुराम उपेन्द्र यादवसँग खासै रुष्ट थिएनन् । बाबुरामनिकट नवराज सुवेदीलाई राष्ट्रियसभा सदस्य नबनाएको भनेर बाबुरामले पहिलो विवाद निकालेका थिए । त्यही कारण पार्टी झन्डै विभाजनमा पुगेको थियो ।
पछि सुवेदीलाई राजदूत बनाएपछि विवाद मत्थर भएको थियो । अहिले पनि आफ्ना मान्छेलाई मन्त्री बनाउने र चुनावको मुखसम्ममा जसरी पनि यादवको साथ छोड्ने लाइनमा बाबुराम समुह रहेको देखिन्छ ।