मेलम्चीपानीप्रशोधन केन्द्रमा भट्टराईको शालिकशिलान्यास



काठमाडौ – खानेपानीमन्त्रीउमाकान्तचौधरीले पूर्वप्रधानमन्त्रीतथा नेपालीकांग्रेसकापूर्वसभापति कृष्णप्रसाद भट्टराईको जीवनशैलीशिक्षाप्रद र प्रेरणाको स्रोत भएको बताउनु भएको छ ।
मेलम्चीको पानीप्रशोधन केन्द्र सुन्दरीजल क्षेत्रमानिर्माण हुनलागेको पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिकको सोमबार शिलान्यास गर्दै मन्त्रीचौधरीले खानेपानीको समस्यामा परेकाकाठमाडौबासीलाई मेलम्चीको पानील्याउने सपना सरकारले पुरा गर्ने बताउनु भएको हो ।
खानेपानीमन्त्रीचौधरीले २ पटकसम्म प्रधानमन्त्रीहुनु भएका स्वर्गीय कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री निवासबाटआफ्नो सम्पतिको रुपमा टिनको बाकस, सुराही र छाता मात्रलिएर निस्किएको भन्दै उनी जस्ता त्यागी राजनेतापाउन कठिन भएको बताउनु भयो ।
काठमाडौंको प्रत्येक घरमा मेलम्चीको पानीखुवाउने किशुनजीको सपना पुरा गर्न सरकारले कुनै कसर बाँकी नराखेको भन्दै उनले भट्टराईको शालिकको उद्घाटन वर्तमान सरकरकै पालामाहुने बताउनु भयो । उहाँले एसियालीबिकास बैंकको प्रारम्भिक रिपोर्ट आएको र बिस्तृत रिपोर्ट आएबमोजिम सरकारले क्षतिग्रस्त मेलम्चीखानेपानीको हेडवक्र्स क्षेत्रको मर्मत सम्भार गरी स्थायी रुपमा मेलम्चीको पानी काठमाडौं पथान्तरण गरिने बताउनु भयो ।
उहाँले मेलम्चीको बिकल्पमा बागमतिबाटै थपपाँच करोड लिटर पानी काठमाडौंमाल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सिस्नेरीबाट करिव १५ करोड लिटर पानी काठमाडौं ल्याईने बताउनु भयो ।
प्रतिनिधिसभाबाट खानेपानीतथा सरसफाई सम्वन्धीविधेयकपारित भइसकेको जनाउँदै मन्त्रीचौधरीले मेलम्चीको पानी काठमाडौंबासीको घर घरमापुर्याएको खण्डमा पूर्वप्रधानमन्त्री स्वर्गीय भट्टराईको सपना पुरा हुने बताउनु भयो ।
पूर्वरक्षामन्त्री भिमसेनदास प्रधानले स्वर्गीय कृष्णप्रसाद भट्टराई स्वच्छ छविको निष्कलंक र सन्त नेताभएको जनाउँदै मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने सपना पुरा गर्न लागेकोमामन्त्री र सरकारलाई धन्यबाददिनु भयो ।
कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानका महासचिवबिनोद भट्टराईले प्रधानमन्त्रीभइसक्दापनि बालुवाटारबाट निस्कँदाआफ्नो निजी सम्पतको रुपमा सुराही, छाता र टिनको बाकस मात्रलिएर जानु भएको बताउनु भयो । नीजि सम्पतीआर्जनमाकहिल्यै ध्याननदिने भट्टराई इमान्दारिताको प्रतिमुर्ती भएको बताउनु भयो ।
गोकर्णेश्वर नगरपालिकाकाप्रमुखदिपक रिसालले किसुनजीको योगदान र पहिचानझल्किने गरी पूर्णकदको शालिकनिर्माण गर्न सुझावदिँदै नगरपालिकाले किसुनजीको शालिक र पार्क क्षेत्रको संचालन र संरक्षण गर्ने बताउनु भयो ।
पाँचखालनगरपालिकाकाप्रमुख महेश खरेलले किसुनजी सुशासनको प्रतिमुर्ती भएको जनाउँदै जनस्तरबाटै आलोचना र बिरोध नखेपेका नेपालका एक मात्रप्रधानमन्त्रीभएको दाबीगर्नु भयो । उहाँले किसुनजी जस्ता त्यागी नेतालाई सम्झिएकोमाखानेपानीमन्त्री र मन्त्रालयप्रतिआभार ब्यक्तगर्नु भयो ।
कांग्रेस काठमाडौंका सचिवदिपक पुडासैनीले मेलम्चीको पानी काठमाडौं ल्याएर सडक पखाल्ने योजना सुनाउँदामन्त्रीविरोधीले अनेक आलोचनागर्ने गरेको तर आजकिसुनजीको सपना पुरा भएको बताउनु भयो ।
खानेपानीमन्त्रालयका सचिव मणीराम गेलालले किसुनजीको शालिकसहितको पार्क निर्माण हुने भन्दै मन्त्री परिषद्ले गरेको निर्णय बमोजिमजिम्मेवारी पुरा गर्न मन्त्रालयतयार भएको बताउनु भयो ।
मेलम्चीखानेपानीविकास समितिको एक करोड रुपैयाँ बढीको लागतमानिर्माण गरिनेशालिक सहितको पार्क निर्माण यहीमंसिरसम्मगरिसक्ने लक्ष्य रहेको छ ।

मेलम्ची र किसुनजीबीचको सम्वन्ध
काठमाडौं उपत्यकामाखानेपानीको अभावकाकारण माग बढ्दै गएको सन्दर्भमा २०४६ सालको सफलजनआन्दोलनपछि २०४७ सालमानिर्माण भएको अन्तरिम सरकारकाप्रधानमन्त्रीतथा नेपालीकांग्रेसकातत्कालिनसभापति कृष्ण प्रसाद भट्टराईले सिन्धुपाल्चोकस्थित मेलम्चीनदीको पानी काठमाडौंबासीको उपयोगको लागिल्याउने महत्वकांक्षी योजना घोषणा गर्नु भएको थियो ।
मेलम्चीको पानी काठमाडौंमाल्याउनको लागि परियोजनाले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा पर्ने मेलम्चीनदीको रिबर्मा भन्ने ठाउँ नजिकमुहान (हेडवक्र्सं) निर्माण गरी २६ किलोमिटर लामो सुरुङ निर्माण गरी दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामाभित्र्याउने उदेश्यथियो ।
यसअघि सन् १९८८ माबिन्नी एण्ड पार्टनर्स नामक बेलायती संस्थाले उपत्यका र वाहिरका २० वटा सतहगत सम्भाव्यपानीको स्रोत अध्ययनगर्दा मेलम्चीनदिको उपयोगलाई सबैभन्दाउत्तम सम्भाव्य स्रोतको रुपमापहिचान गरेको थियो ।
तत्कालिनप्रधानमन्त्री भट्टराईको महत्वकांक्षीय घोषणा पछि सन् १९९२ मा अष्ट्रेलियाको स्मेक कन्सल्टेण्टले मेलम्चीनदि डाइभर्सन स्कीमको अध्ययन गरी ग्राभिटी सिस्टमका आधारमा मेलम्चीनदीसहित लाङटाङ नदीपम्पिङको आधारमाइन्दावती, त्रिसुली, कुलेखानीसहितअन्यखोलातथानदीको अधययनले मेलम्चीलाई नै सबैभन्दाउत्तम ठहर गरेको थियो ।
सोहीअध्ययनको आधारमा एडिबीको संयोजकत्वमानर्वेजियनबिका संस्था (नोराड), स्विडिस विकास संस्था –(सिडा), जापानी संस्था –(जेविक) र विश्व बैंकले मेलम्चीखानेपानीआयोजनाकार्यान्वयनको लागि बृस्तृत अध्ययन गरेको थियो ।
तत्पश्चात, नेपालीकांग्रेसकानेताकृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री भएपछि २०५६ सालमा (सन् १९९८ अगस्टमा) तत्कालिनआवास तथाभोति योजनामन्त्रालयमातहत रहने गरी मेलम्चीखानेपानीविकास समिति गठन भएको थियो ।
त्यसलगत्तै (सन् १९९९) विश्व बैंक र नरप्लानको सहयोगमा मेलम्चीआयोजनाको सम्भाव्यताअध्ययन र सोहीअध्ययनको आधारमा सन् २००१ माएसियालीविकास बंैंकले आयोजनामालगानीगर्न सहमत भएपछि एक सय २० मिलियन डलर बराबरको ऋण सम्झौता स्वीकृत भएपछि मेलम्चीखानेपानीआयोजनाविधिवत रुपमा शुरु भएको हो ।
मेलम्चीखानेपानीआयोजनाको अर्को मुख्य संरचनामापानीप्रशोधन केन्द्रको निर्माण जापान सरकारको जाइका संस्थामार्फत सुन्दरीजलस्थित यो महाँकाल फाँटमा दुई सय ३८ रोपनीजग्गामापानीप्रशोधन केन्द्र निर्माण सम्पन्नभइसकेको छ ।
मेलम्चीको पानी २०७७फागुन २२ गते हतारमा काठमाडौं पथान्तरण गरीएको थियो भने सोहीवर्षको चैत २० गते उपत्यकामाकाधारामा मेलम्चीको पानी छाडिएको थियो ।
मेलम्चीको हेडवक्र्समागतवर्ष असार १ गते आएको बाढीले हेडवक्र्स क्षेत्रसहितअन्य संरचनामाक्षतिपुर्याको थियो । त्यसपछि सरकारले क्षतिग्रस्त आयोजनाको पुनःनिर्माण गरी २०७८ साल चैतमा मेलम्चीको पानी काठमाडौमापथान्तरण गर्न सफलभएको थियो ।
हेडवक्र्स क्षेत्रमा सम्भावित वाढीको कारण कुनै क्षतिनहोस भन्ने मनसायले सरकारले गत जेठ दोश्रो साता सुरुङको ढोकाबन्द गरी काठमाडौंमापानीपथान्तरण कार्यलाई स्थगित गरेको कुरा यहाँहरुलाई अवगत नै छ ।
सरकारले बर्षातको समय समाप्तहुनासाथ मेलम्चीको पानीपुन काठमाडौं तर्फ पथान्तर गर्ने विश्वास दिलाउन चाहन्छु ।