खोटाङ्गमा ६ रेक्टरको भुकम्प रोकिएन परकम्प

काठमाण्डौ खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता माभएर ६ म्याग्निच्युडको भूकम्प गएको छ । भनि पटक–पटक परकम्प गईरहदा नागरिकहरु भने त्रसित भएका छन् ।

आईतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङ्ग जिल्लाको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । क्षतिको विवरण आउन भने अझै बाँकी रहेको छ । भूकम्पका कारण स्थानीय आत्तिदै घर बाहिर निस्केका थिए

भूकम्प गएलगत्तै खोटाङ्ग साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले भुकम्प गएको जानकारी दिए। यकिन विवरण आइनसकेको उनले बर्ताए । अहिले पालिकाका जनप्रतिनिधि, उद्धारकर्मी र सुरक्षाकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।

उनीहरुले क्षतिको विवरण सङ्कलन गरिरहेको साकेला गाउँपालिकाका अध्यक्ष राईले बताए। लगातार परकम्प र वार्षात भईरहेकोले जोखिम कायमै रहेको भन्दै उनले स्थानीय बासिन्दालाई सुरक्षित रहन पनि आग्रह गरेका छन् । प्रभावित क्षेत्र दुर्गम स्थानमा रहेकोले
गाउँगाउँमा सम्पर्क गर्न कठिन भएको छ ।