३० रुपैयाँबाट सुरु गरिएको सहकारीको बचत ४२ करोड
लेकाली स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था लिमिटेड रेसुङ्गा नगरपालिका तम्घास गुल्मीले आफ्नो वित्तिय विवरण सार्वजनिक गरेको छ । सहकारी विभागको निर्देशन अनुसार सहकारीको साउन ३१ गतेसम्मको वित्तिय विवरण सार्वजनिक गरिएको व्यवस्थापक कल्पना बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस सहकारीको शेयरपुजी ६ करोड ९५ लाख ९३ हजार २ सय रहेको छ । जगेडा कोष २ करोड ९१ लाख ६३ हजार ४ सय २५ रुपैयाँ रहेको छ । अन्य कोषहरु २ करोड ४१ लाख ५३ हजार १९० रुपैयाँ रहेको बस्नेतले जानकारी दिनुभयो । व्यवस्थापक बस्नेतका अनुसार यस सहकारीको बचत रु ४२ करोड १५ लाख ५ हजार ७ सय ५३ रुपैयाँ रहेको छ ।
बचतको आधारमा यस सहरकारीको तरलता १९.९९ प्रतिशत रहेको बस्नेतले जानकारी दिनुभयो । यस सहकारीले ४७ करोड ४५ लाख ९६ हजार ६ सय ८२ रुपैयाँ ३६ पैसा ऋण लगानी गरेको छ । यस सहकारीको कुल सम्पत्ति रु ५६ करोड ६६ लाख ४७ हजार ६ सय ८४ रुपैयाँ ३० पैसा रहेको छ ।
ग्रामीण क्षेत्र भएकोले तत्कालीन अवस्थामा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहँुच नभएकोले यहाँका स्थानीयले आफ्नो आर्थिक गर्जो टार्नको लागि साहु महाजनसँग गई चर्को व्याजदरमा ऋण लिन बाध्य थिए । सोही बाध्यतालाई मध्यनजर गर्दै न्युन आयस्तर भएका व्यक्तिहरुलाई संगठित गरि समाजमा छरिएर रहेको स–सानो पुजीलाई संकलन गरि सोहि रकमबाट आर्थिक समस्या समाधान गर्ने उद्धेश्यले शुरुमा २७ जना शेयर सदस्यबाट १ थान शेयर खरिद गरी रु २ हजार ७ सय र मासिक रु ३० रुपैयाँका दरले नियमित बचत जम्मा गरी यो सहकारीको शुभारम्भ गरिएको थियो ।
व्यवस्थापक बस्नेतका अनुसार हाल यस सहकारीमा कुल ३ हजार ४ सय २८ शेयर सदस्य रहेका छन् । जसमा महिला सदस्य १ हजार ७ सय ४७, पुरुष १ हजार ६ सय ८१, नाबालक सदस्य १ हजार १ सय १ जना र ऋणी सदस्य संख्या १ हजार ४ सय ९७ जना रहेका छन् ।
यस सहकारीले किसान, श्रमिक, साना व्यापारी, उद्यमी र सर्वसाधारण लगायतबाट बचत संकलन गरि संकलित रकमलाई सीपमूलक, उद्यमशील व्यवसायमा लगानी गरि सदस्यहरुको जीवनस्तर उकास्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यस संस्थाले नेफ्स्कुनको ब्राडिङ् कार्यक्रम अन्र्तगत दुई पटक प्रोबेसन ब्राण्ड प्राप्त गरी सकेको छ । हाल यस संस्था एसियाली ऋण महासंघको अन्तर्राष्ट्रिय ब्राडिङ कार्यक्रममा सहभागी भई आफ्ना क्रियाकलापहरु अगाडी बढाइरहेको व्यवस्थापक बस्नेतले जानकारी दिनुभयो ।