लेकाली स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था गुल्मीको ३० औँ वार्षिक साधारण सम्पन्न

गुल्मी जिल्लामै पहिलो नेपाल गुणस्तर (प्रोवेशन) ब्राण्ड प्राप्त गर्न सफल लेकाली स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था लिमिटेड तम्घास गुल्मीको ३० औँ वार्षिक साधारण सभा विविध कार्यक्रम गरी सम्पन्न भएको छ । शनिवार रेसुङ्गा नगरपालिका–१ तम्घासमा वार्षिक साधारण सभाको अवसरमा विविध कार्यक्रम गरिएको थियो । सोही अवसरमा संस्थाको ३० औँ वार्षिक साधारण सभाको वार्षिक प्रतिवेदन विमोचन गरिएको छ ।

संस्थाका अध्यक्ष भुवनप्रसाद अर्याल, साधारण सभाका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद अर्याल लगायतका अतिथिहरुद्वारा यस सहकारीको वार्षिक प्रतिवेदन विमोचन गरिएको थियो ।
सोही अवसरमा विभिन्न विद्यामा पुरस्कार वितरण सहित संस्थालाई सहयोग पु¥र्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । यस संस्थाले जेष्ठ सदस्य सम्मानतर्फ रेसुङ्गा नगरपालिका ४ की ७९ वर्षिय पुतला पाण्डे र रेसुङ्गा नगरपालिका ७ का ८३ वर्षिय बोमबहादुर रानालाई पौष्टिक आहारसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उत्कृष्ट कर्मतचारी तर्फ विगत ७ वर्षदेखि यस सहकारीमा कार्यरत ऋण शाखा प्रमुख आशा थापालाई कदर पत्र नगद पुरस्कार र टिकाद्धारा सम्मान गरिएको थियो । साथै यस संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा र्निमित लेकाली चौतारी निर्माणका डिजाइनर रेसुङ्गा नगरपालिकाका सब इन्जिनियर चक्र बहादुर खत्रीलाई पनि सम्मान गरिएको थियो ।
यस संस्थाका सदस्यहरुको स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्नुहुने रेसुङ्गा नगरपालिका– १ मा रहेको शुभलक्ष्मी क्लिनिकका प्रोपाइटर होमबहादुर पल्ली थापालाई सम्मान गरिको थियो । सोही अवसरमा यस संस्थाका गतिविधिका बारेमा सञ्चार माध्यमबाट प्रचारप्रसार एवम् प्रकाशन गरी अतुलनिय योग्दान पु¥र्याएको भन्दै रेडियो रेसुङ्गामा कार्यरत पत्रकार मनु सुनारलाई कदर पत्र, नगद पुरस्कार, तथा सम्मान पत्रसहित सम्मान गरिएको संस्थाकी व्यवस्थापक कल्पना बस्नेतले जानकारी दिनुभयो ।
यस्तै यस सहकारीको प्रगति एवम् संस्थागत विकासका लागी संस्थामा उपस्थित भई लिखित सुझाव प्रस्तुत गर्नुहुने शेयर सदस्यहरमध्ये उत्कृष्ट सुझाव दिनुहुने रेसुङ्गा नगरपालिका–२ निवासी कृष्ण प्रसाद पोखरेललाई यस वर्षको उत्कृष्ट सुझाव कर्ताको रुपमा सम्मान गरिएको बस्नेतले जानकारी दिनुभयो ।
सोही अवसरमा स्नातक तह सम्मानतर्फ बि.एस.सी नर्सिङमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुनुभएको भन्दै शेयर सदस्य ठाकुर प्रसाद पाण्डेकी छोरी तिर्सना पाण्डेलाई सम्मान गरिएको थियो । यस्तै इन्जिनियरिङमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने शेयर सदस्य खुमानन्द घिमिरेका छोरा आशिष घिमिरेलाई पुरस्कार प्रदान गरिएको छ ।
प्लस्टु सम्मानतर्फ विज्ञान संकायमा ३.७१ जि.पि.ए ल्याई उत्तिर्ण हुने शेयर सदस्य मिनप्रसाद श्रेष्ठको छोरी सुस्मिता श्रेष्ठलाई सम्मान सहित पुरस्कार वितरण गरिएको छ । साथै विज्ञान संकायतर्फ नै ३.८५ जि.पि.ए ल्याई उत्तिर्ण हुने शेयर सदस्य कृष्ण प्रसाद गैरेका छोरा प्रदिप गैरेलाई पुरस्कार सहित सम्मान गरिएको छ ।
यस्तै एसईई २०७८ मा ए–प्लस ल्याई उत्तिर्ण हुने शेयर सदस्यका छोराछोरीहरुलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा शेयर सदस्य मैया जोगी कँुवरका छोरा विवेक कँुवर, मेघप्रसाद पोखरेलका छोरा बालकृष्ण पोखरेल, सरस्वती भण्डारीकी छोरी गृष्मा पाण्डे, रोम बहादुर वि.क.का छोरा रोविन पाध्यवति, तारा पचभैयाका छोरा समिर पचभैया, रामप्रसाद पन्थीका छोरा प्रशान्त पन्थी, युवराज भण्डारीका छोरा प्रज्वल भण्डारी सम्मानित हुनुभएको व्यवस्थापक बस्नेतले जानकारी दिनुभयो ।
यस्तै ज्ञानु अर्यालका छोरा दिवश अर्याल, गीता पाण्डे भुषालका छोरा सिद्धान्त पाण्डे, हेमबहादुर विश्वकर्माकी छोरी करिश्मा विश्वकर्मा, शारदा भट्टराईका छोरा अमित भट्टराई, सरिता मरासिनीका छोरा प्रविन मरासिनी, तिलकुमारी सेजवालकी छोरी अमृता सेजवाललाई पुरस्कारसहित सम्मान गरिएको थियो ।
यस्तै रु.१ हजार नगदसहित नाबालक छात्रावृत्ति पुस्कार समेत वितरण गरिएको थियो । जसमा सिमिचौरस्थित शेयर सदस्य सिता बस्नेतकी छोरी बिमला बस्नेत, विष्णु भण्डारीका छोरा गणेश भण्डारी, दुविचौर स्थित मिना बस्नेत टण्डनकी छोरी कृतिका टण्डन, त्यसैगरी अर्खले स्थित भाइरथा कुँवरकी छोरी एन्जल कुँवर र गोपाल गौतमका छोरा आशुतोष गौतम सम्मानित हुनुभएको छ ।
यस्तै तम्घास स्थित कल्पना मरासिनीकी छोरी कृपा मरासिनी, टोपलाल पन्थीका छोरा विपिन पन्थी, नवराज पन्थीका छोरा विपिन पन्थी र नवराज सुवेदीका छोरा नवदीप सुवेदीलाई नाबालक छात्रवृत्ति वितरण गरिएको थियो ।
यस्तै महिला उद्यमीतर्फ रेसुङ्गा नगरपालिका–२ निवासी इन्दिरा भण्डारीलाई यस वर्षको उत्कृष्ट उद्यमी पुरस्कार वितरण गरिएको छ । यस सहकारीबाट व्यवसाय प्रवर्दन तथा उद्यमशीलताको विकास गर्ने उद्देश्य राखी लिएको ऋणको सदुपयोग गरी फेन्सि पसल व्यवसाय सञ्चालन गरी सफल व्यवसायी बन्नु भएको भन्दै भण्डारीलाई सम्मान गरिएको हो ।
यस्तै यस वर्षको उत्कृष्ट उद्यमी पुरस्कार रेसुङ्गा नगरपालिका ८ का शेयर सदस्य खड्क बहादुर घर्तीलाई प्रदान गरिएको छ । यस सहकारीबाट व्यवसाय प्रवर्दन तथा उद्यमशीलताको विकास गर्ने उद्धेश्य राखी लिएको ऋणको उचित सदुपयोग गरी होटल व्यवसाय सञ्चालन गरी सफल व्यवसायी बन्नु भएको भन्दै घर्तीलाई सम्मान गरिएको व्यवस्थापक बस्नेतले जानकारी दिनुभएको छ ।
संस्थाका अध्यक्ष भुवनप्रसाद अर्यालको अध्यक्षता रहेको कार्यक्रममा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । भने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि अर्यालको विशेष आतिथ्यता रहेको थियो ।
लेकाली स्वावबलम्बन वचत तथा ऋण सहकारी संस्था लिमिटेड तम्घास गुल्मीको अध्यक्षमा गोपाल पन्थी निर्विरोध निर्वाचित हुनु भएको छ । यस सहकारीको अध्यक्ष, उपाध्यक्ष र एक जना सदस्यको उपनिर्वाचन गरिएको थियो ।
उपाध्यक्षमा देवराज पाण्डे तथा सदस्यमा शिव थापा उपनिर्वाचनबाट निर्वाचित हुनुभएको निर्वाचन उपसमितिका संयोजक शेरबहादुर कुँवरले जानकारी दिनुभयो । निर्वाचन उपसमिति सदस्यहरुमा शालिक पन्थी र पूर्णलाल श्रेष्ठ सदस्य हुनुहुन्थ्यो । यस सहकारीको ३०औँ वार्षिक साधारण सभा समेत सम्पन्न भइसकेको छ ।
साधारण सभाको अवसरमा यस संस्थाको आर्थिक अवस्था झल्कने र लेखा तथा सुपरीवेक्षण समिति, लेखा परिक्षकबाट लेखा परिक्षण गरिएको प्रतिबेदन, आगामी बर्षको लागि प्रस्तावित नविनतम प्रस्ताव समेत प्रस्तुत भएको थियो ।
जसमा अध्यक्षको प्रतिवेदन भुवनप्रसाद अर्याल, सचिवको प्रतिवेदन बलबहादुर कुँवर, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष कृष्णप्रसाद पोखरेल, लेखासुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक शिवबहादुर कुँवरले प्रस्तुत गर्नुभएको थियो ।
यस सहकारीको सेयर ६ करोड ९५ लाख ८५ हजार दुई सय रहेको सहकारीकी व्यवस्थापक कल्पना बस्नेतले जानकारी दिनुभयो । भने बचत रकम ४१ करोड ६९ लाख ९५ हजार पाँच सय ८८ रुपैँया रहेको छ । यस सहकारीले रु.४७ करोड ४७ लाख ७० हजार चार सय छ रुपैँया ऋण लगानी गरेको छ ।
यस सहकारीमा ३ हजार ४ सय ९७ सेयर सदस्य तथा १ हजार १ सय ५ नाबालक सदस्य रहेका व्यवस्थापक बस्नेतले जानकारी दिनुभयो । यस सहकारीको कुल बासलात ५ करोड ६९ लाख २ हजार १२ रुपैँया रहेको बस्नेतले जानकारी दिनुभयो ।
संस्थाका उपाध्यक्ष गणेश श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव बलबहादुर कुँवरले गर्नुभएको थियो । साधारण सभामा जिल्लामा रहेका विभिन्न सहकारी बैङ्क तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । विभिन्न सेयर सदस्यहरु, जनप्रतिनिधिहरु, पत्रकार, कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।