निर्वाचनमा गठबन्धनलाई कुनै शक्तिले पराजित गर्न सक्दैन : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै शक्तिले पराजित गर्न नसक्ने दावी गर्नुभएको छ ।
मंगलबार जनकपुरमा धनुषा निर्वाचन क्षेत्र नंवर २ द्वारा आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै कुनै शक्तिले पनि पराजित गर्न नसक्ने दावी गर्नुभएको हो ।
जनताले ७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई करिव दुईतिहाई बहुमत दिएपनि केपी ओलीले कुनै काम गर्न नसकेको उहाले बताउनुभयो । उहाले ओलीले गुटबन्दी गरेको र अरुलाई आदेश पालना गर्ने दास बनाउन खोजेकाले पार्टीमा विद्रोह भएको धारणा राख्नुभयो ।
अध्यक्ष नेपालले समाजवादीको चूनाव चिन्ह कलमले मुलुकको नयाँ भविष्य निर्माण गर्ने दावी गर्नुभयो ।