चार साना कम्युनिष्ट पार्टीले चुनावको विरोधमा संघर्ष गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगाएत तीन साना कम्युनिष्ट पार्टीले आसन्न निर्वाचनको बिरोध गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा लगाएत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले निर्वाचनको विरोधमा संयुक्त कार्यक्रम सार्वजनिक गरेको हो ।
आगामी मंसिर ४ गते हुने निर्वाचन खारेजी÷बहिष्कारको निर्णय गर्दै उनीहरुले आफुहरुको आन्दोलनमा सक्रिय सहभागीता जनाउन आह्वान पनि गरेका छन् । उनीहरुले निर्वाचनको विरोधमा कार्तिक २४ देखि ३० गतेसम्म काठमाडौं लगाएत बुटवल, इटहरी, बर्दिवास, पोखरा, सुर्खेत र धनगढीमा राजनीतिक सभा गर्ने जनाएका छन् भने कार्तिक २६ देखि ३० गतेसम्म देशका बिभिन्न स्थानमा कोणसभा र विरोध प्रर्दशन गरिने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले जानकारी दिए । उनले अहिलको व्यवस्थाको बिरुद्धमा र नयाँ व्यवस्थाको सुरुवातका लागि आफुहरुको संघर्ष भएको बताएका छन् ।
त्यस्तै नेकपाका प्रवक्ता प्रकाण्डले क्रान्तिपछि उपलव्ध भएका जनताको अधिकारहरु एकपछि अर्को गरि कटौटी हुने गएकाले अहिलेको व्यवस्थाप्रति आफुहरुको आन्दोलन भएको बताए । मुलुकमा भ्रष्टाचार व्याप्त हुदै गएको, सामाजिक असुरक्षा हुदै गएको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष ऋषि कट्टेलले चूनाव बहिष्कार र आन्दोलनमार्फत सत्ताको बिरुद्ध निरन्तर जनक्रान्तिको बाटोमा देशलाई अघि बढाएर जनताको राज्य सत्ता निर्माणमा लाग्ने धारणा राखेका छन् ।