ठूला पार्टीको रवाफ : चितवन ३ मा बद्रीको जवाफ

उनीहरू लडेर ढल्छन्, म संसद्मा पुुगिसक्छुु

प्रतिनिधिसभा निर्वाचन २०७९ मा देशैभरिबाट बद्री सिलवाल संभवतः कान्छा उम्मेदवार हुुन् । चितवन ३ का दाबेदार सिलवालले यस क्षेत्रको विकासका लागि १४ थान एजेण्डा अघि सारेका छन् । उमेरको कद होंचो भए पनि एजेण्डाको लामो कदले नतीजा आप्mनो पक्षमा पार्ने दाउमा छन् उनी । उनकै शब्द सापटी लिएर भन्नुपर्दा बुुढापुुरानाको जमाना गयो उनीजस्ता तन्नेरी समयको माग हो ।
२६ वर्षको बताउने स्वतन्त्र उम्मेदवार सिलवालले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था ल्याउने बताएका छन् । उनका एजेण्डामा माडीदेखि खाडीसम्मका कुरा समेटिएका छन् । माडीको विकास गर्दै खाडीको रोजगारी हटाउने सपना देखेका छन् । एमसीसी र एसपीपीलाई राष्ट्रघाती सम्झौता ठानेका सिलवालले ती सम्झौता खारेज गर्न पनि आपूूmले उम्मेदवारी दिएको बताएका छन् । नेपाल–भारत सीमा सुुरक्षाका लागि काँडेतार र पर्खाल लगाउने काम पनि आप्mनो जिम्मेवारी हुुने कुुरा ती एजेण्डामा उल्लेख गरेका छन् ।
सुुकुुम्बासी समस्या सम्पूर्ण रूपमा हल गर्ने उनको दाबीमा चाबी नलाग्ने कुरा निर्धक्कले भनेका छन् । उनका १४ एजेण्डामध्ये पृथक र थप जोड दिइएको एजेण्डा हो चितवन जिल्लालाई नै हरियाली डिजीटल पार्क बनाउने । जहाँ बसेर मानिसले सारा पीर व्यथा बिसाउने छन् । पर्यटक ह्वात्तै बढेर चितवनवासीले डलर भित्र्याउने छन् । त्यो यस्तो पार्क हुनेछ जहाँ प्रकृति र प्रविधि एक अर्काका पूूरक भएर देशी विदेशीलाई चाहिएको युुगानुुकूल आनन्द र आरामदायी सेवा दिनेछ । साथै, अन्य पर्यटकीय क्षेत्रलाई भौतिक पूर्वाधारले भरिपूर्ण गराउने फेहरिस्त उनले आप्mनो एजेण्डामा समेटेका छन् ।
सानै उमेरमा देश विदेश घुुम्ने अवसर पाएका हेप्पी एजुुकेशनका संचालक एवं शैक्षिक परामर्शदाता समेत रहेका सिलवालले कृषकको पक्षमा महत्त्वपूूर्ण एजेण्डा फाल्दै लेखेका छन्,–कृषि उत्पादन खरीद केन्द्र निर्माण गरी कृषकका उत्पादन खरीद गरेर बजारीकरण गर्न टेवा पुु¥याउने छुु । उनले घरेलुु तथा साना उद्योग स्थापनालाई जोड दिदै बन्द र रुग्ण उद्योगको पनि उत्थान गर्छुु भनेका छन् । पिछडिएको बर्ग तथा समुुदाय, अपाङ्ग र असक्त मानिसहरूका लागि विशेष आर्थिक सामाजिक योजनाबाट सहज जीवनका लागि मार्ग प्रशस्त गर्ने विश्वास दिलाउन चाहेको देखिन्छ । यसैगरी माडीलाई धार्मिक र पर्यटकीय क्षेत्र घोषणाको वचनसहित वन्यजन्तुुबाट पुुग्ने क्षतिपूूर्ति उपलब्ध गराउने हिम्मत पनि गरेका छन् ।
आश्विन १६ गतेसम्म आचारसंहिताको पालना गर्दै विनाझण्डा र चुनावचिन्हविना शुुभचिन्तकहरूको अनुुरोधमा आप्mनो निर्वाचन क्षेत्र चितवन ३ का केही ठाउँ चहारीसकेका सिलवालले अनौपचारिक भेटघाटबाट मात्र पनि आपूm थप उत्साहित भएको बताएका छन् । व्यक्तिगत जीवनमा बाइक चलाउँदा प्रयोग गरिने हेल्मेटले चालक व्यक्तिलाई सुुरक्षा दिएजस्तै अहिले चुुनाव चिन्ह हेल्मेटले देशको सुुरक्षा गर्ने बताउँदै आएका छन् । हेल्मेट रोज्नुुको थप कारणमा देशको सुुरक्षा भए जनताको पनि सुुरक्षा हुुने कुुरामा आपूm विश्वस्त रहेको धारणा राखेका छन् । आपूूm उठ्नका लागि उठेको नभई त्यो ठाउँमा पुुग्नका लागि उठेको बताउँदै अन्त्यमा उनले भने,–ठूूला पार्टी आपूm आपूm लडेर ढल्छन् र उठ्न सक्दैनन् यहीँ मौकामा म सानो बबुरो उठेर संसद भवनतिर पुुगिसकेको हुुनेछुु ।