जनताबाट आँफै आवद्ध भएका दल र नेताहरुको समेत आलोचना
काठमाडौं । राष्ट्रिय मामिला सरोकार समूहको सक्रियतामा सञ्चालित नागरिक संवादले स्थलगत भ्रमणसम्बन्धी प्रतिवेदन तयार गरेको छ ।
नागरिक संवादले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत कात्तिक २० गतेदेखि २५ गतेसम्म ११ जिल्लामा गरिएको स्थलगत भ्रमणबाट तयार पारिएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन र गोरखाका मतदातासँग आसन्न निर्वाचनलाई हेर्ने दृष्टिकोणबारे अन्र्तक्रिया गरी प्रतिवेदन तयार पारिएको हो । संवादका संयोजक डा. द्धारिकालाल ढुंगेलले राष्ट्रिय मामिला सरोकार समुह आफूसहित सात जनाले स्वफुर्त रुपले खुकुलो सञ्जालको स्थापना गरेको बताउनुभयो । सञ्जाल कुनै सरकारी कार्यालयमा दर्ता नभएको, स्वस्फुर्तरुप, गैरसरकारी नाफा नकमाउने खुकुलो सञ्जाल उहाँले बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सिजिएमआई डटकममा पनि अध्ययनको प्रतिवेदन राखिने बताउनुभयो । उहाँले एक सातासम्म गरिएको अध्ययनबाट राजनीतिक दलप्रति आम नागरिकहरु निराश भएको पाइएको बताउनुभयो । जनता आँफै आवद्ध भएका दल र नेताहरुको समेत आलोचना गर्र्दै हिँडेको उहाँको दाबी छ ।
दलहरुको सिद्धान्त र व्यवहारगत आचरण खस्कदै गएको र नागरिकको अपेक्षा पुरा गर्ने क्षमता गुमाउँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।