काठमाडौं–४ मा कांग्रेसका थापाको ह्याट्रिक
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं–४ मा निवाचित हुनु भएको छ । उहाँले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकाल्नु भएको हो ।
थापाले २१ हजार ३०२ मत ल्याएर निर्वाचित हुँदा भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याउनु भएको छ ।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गर्नु भएको थियो । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा हुनुहुन्थ्यो । त्यसबेला ३२ सय मतान्तरले जित्नु भएका थापाले यस पटक पाँच दलीय गठवन्धनका उम्मेदवार हुँदा ७ हजार ४४६ मतान्तरले भट्टराईलाई पराजित गर्नु भएको हो ।
०७० मा पनि थापाले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गर्नु भएको थियो । ०६४ मा थापा समानुपातिक सांसद हुनुहुन्थ्यो ।