समानुपातिकमा सूर्य प्रथम, घन्टी तेस्रो

काठमाडौं । प्रतिनिधि सभामा समानुपातिकको मत गणना अहिलेसम्म ३ लाख ५० हजार गनिएको छ । त्यसमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ (२९ प्रतिशत) मत पाएको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८७२२५ (२५ प्रतिशत) मत पाएको छ। तेस्रो स्थानमा घन्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६३५२ मत पाएको छ। यो अहिलेसम्म गणना भएको सदर मतको १३.२२ प्रतिशत मत हो।
चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८२८८ (११ प्रतिशत) मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २५९९८ (७ प्रतिशत) मत पाएको छ।
जसपाले ८१३४, जनमत पार्टीले ७४६२ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीले ७४६२, नेपाल मजदुर किसान पार्टीले ५४३४, नेकपा एकीकृत समाजवादी ५०८३ ले मत पाएका छन् । अन्य दलहरूले पाएको मत १९४३० छ।