झाँक्रीले दिइन् विष्टलाई वधाई, गुल्मीको समग्र विकाश र समृद्धीको यात्रामा सधै साथ दिने प्रतिवद्धता

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएपछि उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले विष्टलाई वधाई दिएकी छिन् । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् ।
झाँक्रीले हार स्वीकार गर्दै निर्वाचन आफ्ना लागि अत्यन्तै रोमाञ्चक र ज्ञानको हिसावले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी भएको बताएकी छिन् । समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिंधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएको उल्लेख गर्दै उनले जय र पराजय सामान्य प्रक्रिया भएकाले आफूले अत्यन्तै सहज रूपमा लिएको बताएकी छिन् ।
आफूलाई मत दिनेप्रति आभार व्यक्त गर्दै निर्वाचित विष्टलाई वधाई दिँदै झाँक्रीले लेखेकी छिन् – “यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो । ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी । समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ।यो साडे दुई दशकमा समाजलाई जसरी म्भउयष्तिष्अष्शबतष्यल ९एक प्रकारको गलत प्रयोग० गरीएको रहेछ नि त्यो चाहि लोकतन्त्रको लागि गम्भिर छ। डर लाग्दो छ । जय र पराजय सामान्य प्रक्रिया हुन । मैले अत्यन्तै सहज रूपमा लिएको छु । मेरो पक्षमा हजारौ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी हुनेछु। यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू। गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ता साथिहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू,संवयम सेबक र पत्रकार साथिहरू मेरा समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।
साथै यो निर्वाचनमा विजयी मेरो आदारयिण दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । गुल्मी जिल्लाको समग्र विकाश र समृद्धीको यात्रामा म सधै साथमा रहनेछु ।”