काभ्रे-२ मा गोकुल बाँस्कोटा निर्वाचित
काभ्रे । काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटा निर्वाचित हुनु भएको छ ।
बाँस्कोटाले नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंलाई ५ हजार ८ सय ६३ मतान्तरले पराजित गर्नु भएको हो । बाँस्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गर्दा हुमागाईंले ३९ हजार ४ सय ८२ मत आएको छ ।
हुमागाईंपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईंले १० हजार ५ सय ७३ मत पाएर तेस्रो स्थानमा रहनु भयो ।
बाँस्कोटा यसअघिको २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाटै निर्वाचित हुनु भएको थियो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा बाँस्कोटासँग १६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जिल्लामा खसेको कुल मत १ लाख ८७ हजार ३ सय ३० मतमध्ये क्षेत्र नम्बर २ मा १ लाख ३ हजार ३ सय ९१ मत खसेको थियो । काभ्रेका कुल मतदाता ३ लाख १० हजार ६३ मतदातामध्ये क्षेत्र नम्बर १ लाख ५७ हजार ४ सय ४२ मतदाता रहेका छन् ।