गुल्मी १ मा काँग्रेसका भण्डारी निर्वाचित
– गुल्मी क्षेत्र नं. १ मा नेपाली काँग्रेसका डा. चन्द्र भण्डारी निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार भण्डारी १ हजार ५९२ मतान्तर सहित विजयी हुनुभएको हो । भण्डारीले ३३ हजार ७४४ मत र ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गर्नुभएको छ । जहाँ एक हजार ५९२ मतान्तरसहित नेपाली कांग्रेसका भण्डारी निर्वाचित हुनुभएको हो । भण्डारी र ज्ञवाली ०६४ सालदेखी निरन्तर चुनावी प्रतिस्पर्धा गर्दै आउनुभएको छ । ०६४ र ०७४ सालमा भएको निर्वाचनमा यहाँबाट ज्ञवाली निर्वाचित हुनुभएको थियो भने ०७० मा यहाँ स्वयं भण्डारी नै निर्वाचित हुनुभएको थियो ।