पाल्पाका दुवै क्षेत्रमा एमाले उम्मेदवार निर्वाचित
पाल्पा। पाल्पाका दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र–१ बाट नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य निर्वाचित हुनु भएको भने क्षेत्र नं. २ बाट ठाकुर गैर निर्वाचित हुनु भएको छ ।
क्षेत्र नं. १ मा कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित हुनु भएको हो ।
आचार्यले ३१ हजार १ सय ३ मत पाउँदा कांग्रेसका गाहाले २० हजार २५६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै स्वतन्त्र उम्मेदवार विपिन कँडेलले दुई हजार आठ सय ६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले दुई सय ५२, मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले एक हजार नौ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले ११५मत ल्याए ।
आयोगका अनुसार स्वतन्त्र उम्मेदवारहरु नारायण न्यौपानेले २७, राजु सुनारले ६८ र डोलराज तिमिल्सिना ९पुतली चिह्न० ले १० मत प्राप्त गरेका छन् ।
त्यस्तै पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेकै ठाकुर गैरे विजयी हुनु भएको हो । उहाँले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेलाई ३ हजार ९ सय ६६ मतान्तरले हराउँनु भएको छ ।
गैरेले २७ हजार ८१७ मत पाउँदा पाण्डेले २३ हजार ८५१ मत ल्याउनु भएको छ ।