रुपन्देही–३ बाट राप्रपाका दिपक बोहोरा विजयी

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका दिपक बोहोरा विजयी हुनुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार बोहोराले ३६ हजार ६४८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धामा रहनुभएका नेपाली कांग्रेसका बालकृष्ण खाणले ३४ हजार ६ मत ल्याउनुभएको छ ।

गृहमन्त्री समेत रहनुभएका खाण पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो भने बोहोरा एमाले, राप्रपा र जसपाबीचको तालमेलका साझा उम्मेदवार हुनुहुन्थ्यो । 

त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ (२) प्रदेशसभामा नेकपा एमालेका तुलसीप्रसाद चौधरी र ३ (१) प्रदेशसभामा लोसपाका सन्तोष पाण्डे विजयी हुनुभएको छ ।