दोलखाका १० केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय
काठमाडौं । निर्वाचन आयोगले दोलखाका चार मतदान स्थलका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ ।
आयोगले मंसिर १५ गते भित्र पुनः मतदान गरिसक्न दोलखाका मुख्य निर्वाच अधिकृतलाई निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनु भएको छ ।
विवादित क्षेत्रको स्थलगत अध्ययन गर्न गएको टोलीले गरेको सिफारिसका आधारमा मंसिर ४ गते भएको मतदान रद्द गरी पुनः निर्वाचन गर्ने आयोगले निर्णय गरेको हो ।
निर्वाचन आयोगले पुनः मतदानको मिति तोक्ने लगायत आवश्यक सम्पूर्ण निर्णय गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिईसकेको बताइएको छ ।
यसैगरी विवादका कारण मतगणना हुन नसकेको स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र न. २ र बाजुराका सम्बन्धमा पनि आयोगले अध्ययन गरिरहेको र अध्ययन प्रतिवेदनका आधारमा छिट्टै निर्णय गर्ने प्रवक्ता पौडेलले बताउनु भएको छ ।
पुनःमतदान हुने बुथ
१) बैत्यश्वरको वडा नं. ६ (क,ख,ग)
२) वैत्यश्वरको ३ कालिढुङ्गा (क,ख,ग)
३) बैत्यश्वर २ को जनज्योति ( क,ख)
४) तामाकोसीको हेल्थपोस्ट (क,ख)