देश दक्षिणपन्थी बाटोमा जान सक्छ सतर्क हुनुपर्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले सतर्क रहनुपर्ने बताउनुभएको छ ।
मंगलबार पार्टी कार्यालय तीनकुनेमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनको परिणामपछि मुलुक देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले गम्भीर हुनुपर्ने र सतर्क रहनुपर्ने बताउनुभएको हो ।
अहिलेको अवस्थामा गठबन्धन दलहरुसंगको सहकार्यलाई अघि बढाएरै लानुपर्ने उहाको भनाई छ ।
त्यस्तै अध्यक्ष नेपालले निर्वाचनका क्रममा इलाममा विसङ्गतिहरु देखिएको र पुन मतदानको लागि कानुनी बाटोमा जाने बिषयमा पार्टीभित्र छलफल भएको समेत जानकारी दिनुभयो ।
त्यस्तै निर्वाचनको परिणामलाई पनि पार्टीले गम्भीर रुपमा हेरिरहेको उहाले बताउनुभयो ।