आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली
काठमाडौँ । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त हुनु भएको छ ।
अर्थ मन्त्रालयले मैनालीलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।
विभागको महानिर्देशकको रुपमा रहेका रितेश शाक्यलाई मन्त्रालय तानिएको छ ।
मैनाली राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा नक्कली भ्याट बिलका घटनाहरु उजागर गरेको र राजस्व चुहावटको लागि भीसीटीएस प्रणाली विकास गरेको भन्दै उनले प्रशंसा पाएका थिए ।