गुल्मीमा प्रत्यक्षतर्फ सात हजारभन्दा बढि मत बदर

गुल्मीमा प्रत्यक्षतर्फ सात हजारभन्दा बढि मत बदर भएको छ । मङ्सिर चार गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा यस जिल्लामा प्रत्यक्षतर्फ सात हजार ६१ मत बदर भएको हो । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा दुई लाख २३ हजार ६१५ मतदाता रहेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर–१ मा कुल तीन हजार ४८४ मत र क्षेत्र नम्बर–२ मा तीन हजार ५७७ मत बदर भएको मुख्य अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर–१ मा ७० हजार ४८९ मत खसेकोमा एक हजार ८२५ मत बदर भएको छ । जहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका डा। चन्द्र भण्डारीले ३३ हजार ७४४ मत प्राप्त गरि विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा ९एमाले० का प्रदिप कुमार ज्ञवाली ३२ हजार १५२ मत प्राप्त गर्नुभएको थियो । भण्डारी एक हजार ५९२ मतान्तर सहित विजयी हुनुभएको हो । यहाँ एक लाख १९हजार २८८ मतदाता रहेका छन् । सोही क्षेत्रको प्रदेश सभा ९क० मा ३२ हजार ७५२ मत खसेकोमा ९५० मत बदर भएको छ । यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार बन्नुभएका नेकपा ९माओवादी केन्द्र० का सुदर्शन बराल र नेकपा ९एमाले० का चिन्तामणि पाण्डेबीच प्रतिस्पर्धा भएको थियो । एमालेका पाण्डेले १५ हजार १२७ मत प्राप्त गरि विजयी हुनुभयो । बरालले १४ हजार २६३ मत गर्नुभयो । ८६४ मतान्तर सहित नेकपा एमालेका पाण्डे विजयी हुनुभएको हो । सोही क्षेत्रको प्रदेश सभा ९ख० मा ३७ हजार ७५० मत खसेकोमा ७०९ मत बदर भएको छ । यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका धनेन्द्र कार्की १८ हजार ५९६ मत प्राप्त गरि विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा ९एमाले० का फर्सुराम पाण्डेले १७ हजार ९९१ मत प्राप्त गर्नुभयो । काँग्रेसका कार्कीे ६०५ को मतान्तर बनाउँदै विजयी हुनुभएको हो । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ मा ५८ हजार ४८६ मत खसेकोमा एक हजार ८९३ मत बदर भएको छ । यस क्षेत्रमा नेकपा ९एमाले० का गोकर्ण विष्ट २८ हजार ४७६ मत सहित विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार बन्नुभएका नेकपा ९एकीकृत समाजवादी० का रामकुमारी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गर्नुभयो । एमालेका विष्ट दुई हजार ३५ को मतान्तर सहित विजयी हुनुभयो । यहाँ एक लाख चार हजार ३२७ मतदात रहेका छन् । सोही क्षेत्रको प्रदेश सभा ९क० मा २८ हजार ९७१ मत खसेको मध्ये ८२२ मत बदर भएको छ । नेकपा ९एमाले० का डिल्लीराज भुसाल १४ हजार २८५ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार २३६ मत प्राप्त गर्नुभयो । एमालेका भुसाल एक हजार ४९ को मतान्तर बनाउँदै विजयी हुनुभएको हो । यस्तै सोही क्षेत्रको प्रदेश सभा ९ख० मा २९ हजार ५१६ मत खसेको मध्ये ८६२ मत बदर भएको छ । यस प्रदेश सभा क्षेत्रमा नेकपा ९एमाले० का दिनेश पन्थीले १३ हजार ९२९ मत प्राप्त गरि विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार बन्नुभएका नेकपा ९माओवादी केन्द्र० का बुद्धि जिसीले १३ हजार ८१९ मत प्राप्त गर्नुभयो । एमालेका पन्थी ११० को मतान्तर सहित विजयी हुनुभयो ।