अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि निगमले नघटाएपछि धर्ना

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दवाव दिदै नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले आयल निगम अगाडी प्रदर्शन गरेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएपनि नियमले समायोजन नगरेको भन्दै क्रान्तिकारीले प्रदर्शन गरेका हुन् । उनीहरुले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको भन्दै नारावाजी गरेका थिए । बिद्यार्थीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे थप बिरोधका कार्यक्रम तय गर्ने चेतावनी दिएका थिए ।