शुक्रबार पनि सर्वोच्चको गेटमा बारले जवरालाई छेक्ने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश रोक्नका लागि नेपाल बार एसोसिएसनले शुक्रबार पनि धर्ना दिने भएको छ ।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले शुक्रबार १० बजेबाट पुनः धर्ना बस्ने जानकारी दिएका छन् । बिहीबार भने सार्वजनिक बिदाका कारण बारले धर्नाको कार्यक्रम रोकेको छ ।
बुधबार उनीहरूले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन धर्ना दिएका थिए ।
संसद्‍ सचिवालयका महासचिव भरतराज गौतमले जबरामाथिको महाभियोग निस्प्रभावी भएको पत्र पठाएपछि जबरा बुधबार सवोच्चमा हाजिर हुने तयारीमा थिए ।