पुन मतदानकाे माग गर्दै झलनाथ खनालले दिए सर्वोच्चमा रिट
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले इलाम–१ मा पुन मतदान गर्नुपर्ने माग गरेका छन् । उनले इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दिएका हुन् । खनाल धाँधली गरेर एमालेले चुनाव जितेकाे भन्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा खनालले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद सचिवालयलाई समेत विपक्षी बनाएका छन् । इलाम–१ मा खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए ।