रुससँगको युद्धको कूटनीतिक निकास खोज्दै युक्रेन
काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले विगत १० महिनादेखि जारी रहेको रुससँगको युद्धको कूटनीतिक निकासका लागि पहल सुरु गरेका छन् ।
यसैक्रममा राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडन लगायत टर्की र फ्रान्सका राष्ट्रपतिहरूसँग भेटेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
राष्ट्रपति जेलेन्स्कीले आफ्नो नियमित भिडियो सम्बोधनमा युक्रेनले मित्र राष्ट्रहरूसँग संवाद जारी राखेको र आगामी हप्ता युक्रेनको पक्षमा केही महत्वपूर्ण नतिजा निस्कने बताएका छन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडन फ्रान्सेका राष्ट्रपति इमानूयल म्याक्रोन र टर्कीका राष्ट्रपति रसिप तइयप एर्डोगानसँग एकै दिन भेट्नु सामान्य घटना क्रम नभएको रोयटर्सले जनाएको छ ।