बिकास र समृद्धिको जनताको चाहनालाई सवै मिलेर पुरा गर्नुपर्छ : मन्त्री कार्की
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिकास र समृद्धिको जनताको चाहनालाई सवै मिलेर पुरा गर्नुपर्ने बताउनुभएको छ ।
द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले अव बिलम्व नगरि जनताको बिकास र समृद्धिको जनताको चाहनालाई पुरा गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको हो ।
उहाँले संविधानमा उल्लेख प्रेस स्वतन्त्रता लगाएत नागरिकको हकको व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गराउने दक्षिण एसियाकै देश नेपाल भनेर चिनाउनुपर्ने धारणा राख्नुभयो । अहिले संसारभरि नै छापालाई अनलाइन सञ्चारमाध्यमले विस्तारै विस्थापित गर्दै गरेको यथार्थ रहेको उल्लेख गर्दैै नेपालमा अपवाद हुन नसक्ने उहाले बताउनुभयो ।
कार्कीले गोरखापत्र र राइजिङ नेपाललाई सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छापामाध्यमका रुपमा विकास गर्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सरकारी सञ्चारमाध्यमप्रति आउने नकारात्मक धारणाहरु क्रमश चिर्दे अघि बढ्नुपर्ने बताउनुभयो ।
वि.सं २०२२ पुस १ गतेदेखि राइजिङ नेपालको प्रकाशन सुरु भएको हो ।