प्रधानमन्त्री देउवाले गरे भट्टराईकाे सालिक उद्घाटन
काठमाडौं जिल्ला गाेकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलकाे महाङकाल पानी प्रशाेधन केन्द्र अगाडि मेलम्ची खानेपानी आयाेजनाका परिकल्पनाकार पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्व सभापति सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईकाे पुर्णकदकाे शालिक आज बिहान ११:४५ बजे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सुन्दरीजलमा एक कार्यक्रमकाबीच अनावरण गर्नु भएकाे छ। मेलम्ची खानेपानी आयाेजना निर्माण गर्दा २०७९ मंसिर २३ गतेसम्म ३० अर्ब ७१ कराेड खर्च भएकाे र विगत तीन दिनदेखि मेलम्ची खानेपानीको १७ कराेड लिटर पानी दैनिक काठमाडौं उपत्यकाकाका १० वटा रिजर्भ टयांकी मार्फत वितरण भैरहेकाे मेलम्ची खानेपानी आयाेजनाका प्रमुख कमलराज श्रेष्ठले जानकारी दिएका छन्।