राष्ट्रिय वाणिज्यले पायो तेस्रो ‘बेस्ट मेनेज्ड कमर्सियल बैंक’ अवार्ड
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको एसियन पेन्ट्स ‘न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्डस’ कार्यक्रममा ‘थर्ड बेस्ट मेनेज्ड कमर्सियल ब्यान्क अफ दि इयर २०२२’ अवार्ड प्राप्त गरेको छ ।
सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका थिए ।
अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शमशेर राणालाई व्यावसायिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लाइफ टाइम एचिभमेन्ट इन बिजनेस लिडरशिप अवार्ड प्रदान गरिएको थियो ।
सन् २०१३ देखि न्यू बिजनेश एज प्रालिले व्यावसायिक संस्थाहरुको गरेको विभिन्न व्यावसायिक कार्य प्रगतीको आधारमा अवार्ड प्रदान गर्दै आइरेको आयोजकले बताएको छ ।
कार्यक्रममा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।