माओवादी संसदीय दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा पाण्डे निर्विरोध
काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन हुनुभएको छ ।
सिंहदरबारमा बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मतले दलको नेतामा चयन गरेको हो ।
त्यस्तै बैठकले दलको प्रमुख सचेतकमा हितराज पाण्डेलाई निर्विरोध चयन गरेको छ । त्यस्तै बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभा दल नेतामा सर्वसम्मत रुपमा निर्वाचित गरिएको छ ।
बैठकले दलको बिधान अन्तरिम रुपमा पारित गरेको नेता हितराज पाण्डेले जानकारी दिनुभयो । बैठकले सरकार गठनका लागि गठबन्धन दलबाटै अघि बढ्ने र यसका लागि आवश्यक छलफल गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
उहाले सरकारलाई व्यवस्थीत गर्न र पार्टीको तर्फबाट नेतृत्व गर्न पनि गठबन्धनमा छलफल हुने जानकारी दिनुभयो । दलको उपनेता र सचेतकको चयन केहि दिन पछि गरिने माओवादी केन्द्रले जनाएको छ ।