तरकारी बजार पुगेर विद्युतीय भुक्तानीबारे गभर्नर लिए जानकारी

काठमडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काठमाडौं उपत्यकाका तरकारी बजारमा बिद्युतीय भुक्तानीको अवस्थामा बारेमा जानकारी लिनुभएको छ ।

आइतबार नक्सालको तरकारी बजारमा पुगेर गभर्नर अधिकारीले दुई वर्ष अगाडि सुरु गरिएको बिद्युतीय भुक्तानी क्यूआर कोडको अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।

सो क्रममा गभर्नर अधिकारीले तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानीको अवस्था सन्तोषजक पाइएको बताउनुभयो । राष्ट्र बैंकले बिधुतिय भुक्तानीलाई प्राथमिकतामा राखेको भन्दै उहाले सर्वसाधारणले पनि साथ दिनुपर्ने बताउनुभयो ।

गभर्नर अधिकारीले बिधुतिय भुक्तानीलाई अव देशव्यापी बनाउनुपर्ने बताउनुभयो ।