१७० जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त, सोमबार ४ बजे सपथ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गर्नु भएको हो ।
प्रचण्डलाई प्रतिनिधिसभाका सात दलका सांसद र स्वतन्त्र गरी १७० जना सांसदको समर्थन रहेको बुझिएको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेपछि उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन ।
मुलुकको ४४ औं प्रधानमन्त्री बनेका प्रचण्डले सोमबार दिउँसो ४ बजे सपथ लिने भएका छन् । शपथ सोमबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा हुने छ ।
प्रचण्डलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले समर्थन गरेका छन् ।