देउवाले सरकारी निवास छोडे, भाडाको घरमा सरे

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाड्नु भएको छ ।
उहाँ बुधबार बिहान बालुवाटारबाट निस्कनुभएको हो । बुढानिलकण्ठस्थित घर मर्मत जारी रहेकोले देउवा धुम्वाराहीस्थित भाडाको घरमा सर्नुभएको छ ।
२०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री नियुक्त गरेपछि बुधबार मात्रै देउवाले बालुवाटारस्थित सरकारी निवास छाड्नुभएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल आज साँझ बालुवाटारमा सर्ने तयारीमा छन् । बालुवाटार निवासमा महंगा सरसमान खरिद नगर्न प्रचण्डले यसअघि नै निर्देशन दिइसकेका छन् ।