नयाँ सरकार बनेपछि नेप्से लगातार वृद्धि, ४ महिनापछि नेप्से २ हजार बिन्दुमाथि पुग्यो
काठमाडौं । पुष्पकमल दाहाल प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री बनेपछि सेयर बजार परिसूचक वृद्धि भएको छ । बिहीबार चार महिनापछि नेप्से दुई हजार अंकको बिन्दु पार गरेको छ । ११ भदौमा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले १४ पुसमा आएर पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको छ ।
साताको अन्तिम कारोबार दिन तथा सन् २०२२ को अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ५६.८८ अंकले वृद्धि हुँदा २०२९.०३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा करिब ३ अर्बको कारोबार भएको छ ।