न्यूनतम साझा कार्यक्रम बनाउने समितिको संयोजकमा ओली, विषय विज्ञलाई मन्त्री बनाउने

काठमाडौं । सत्ता साझेदार दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका छन् । बिहीबार बसेको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक रहेको समिति बनाउने सहमति गरेको छ ।
हरेक दलका एक÷एक जना रहने संयन्त्रको बैठक भोलि नै बस्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी बैठकमा मन्त्रालय भागवण्डाबारे पनि छलफल भएको बताइएको छ ।
विषय विज्ञलाई मन्त्री बनाउने विषयमा छलफल भएको छ भने क्षमताका आधारमा दलहरूले सरकारमा मन्त्री पठाउनु पर्ने छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा गठवन्धन रहेको बुझिएको छ ।
राष्ट्रपतिदेखि मुख्य संवैधानिक पदहरू प्याकेजमै मिलाउनेबारे पनि छलफल भइरहेको बताइएको छ ।