लेकाली स्वावलम्बन साकोसले तेश्रो पटक पनि प्रोबेसन ब्राण्ड प्राप्त,
साकोसद्धारा खुसी साटासाट
जिल्लाकै अग्रणी सहकारी लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुल्मीले लगातार तेश्रो पटक प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा २०४८ सालमा मासिक ३० रुपियाँबाट बचत शुरु गरि यस सहकारीले नेफ्स्कूनद्वारा संचालित नेपाल स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा आबद्ध भई लगातार तेश्रो पटक प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल भएको हो । यस सहकारी एसियाली स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा पनि आवद्ध छ ।
लगातार तेश्रो पटक प्रोबेसन प्राप्त गर्न सफल भएको उपलक्ष्यमा यस साकोसले रेसुङ्गा नगरपालिका–१ क्याम्पसरोडमा रहेको कार्यालयमा आफ्ना शेयर सदस्य, स्थापना देखि हाल सम्मका संचालक समिती, कर्मचारीका बीच सुखी साटासाट तथा बधाई ज्ञापन कार्यक्रम गरेको थियो ।
त्यस अवसरमा व्यवस्थापक कल्पना बस्नेतले यस साकोसले प्रोबेसन प्राप्तिका लागि २०७४ सालमा नेफ्स्कूनसँग सम्झौता गरेकोमा २०७६ पुस ९ गते पहिलो पटक प्रोबेसन ब्राण्ड प्राप्त गरेको बताउनुभयो । त्यतिबेला ३४ वटा सहकारीहरुले प्रोबेसन ब्राण्ड प्राप्त गरेकोमा यस साकोस १६ औं नम्बरमा पर्न सफल भएको व्यवस्थापक बस्नेतले बताउनुभयो ।
“पहिलो पटक प्रोबेसन ब्राण्ड प्राप्त गरेपछि हामीलाई एकदमै हौसला मिल्यो । फेरी प्रोबेसन ब्राण्ड प्राप्त गर्न यसका सूचकहरुलाई पच्छाएर अर्कोपटक पनि प्रोबेसन ब्राण्ड प्राप्त गछौं भनेर दृढ विश्वासका साथ हामीले प्रोबेसन कार्यक्रमका सूचकहरुलाई अगाडी बढाएका थियौं ।”, बस्नेतले भन्नुभयो,– “०७७सालमा कोरोनाको समयमा पनि हामीले प्रोबेसन ब्राण्डलाई नविकरण गर्न सफल भएका थियौं । पूर्ण व्यवसायिक साकोस विकास कार्यक्रमको माध्यमबाट संस्थाको तीन पक्षलाई जोड दिइएको थियो । सन्तुष्ट शेयर सदस्य, क्षमतावान् कर्मचारी, निष्ठवान् सञ्चालक समिती ।”
प्रोबेसन ब्राण्ड प्राप्तिका लागि ५० वटा सूचकहरुमा काम गरिएको बस्नेतले उल्लेख गर्नुभयो । “दुई पटक प्रोबेसन ब्राण्ड प्राप्त गरेपछि एसियाली ऋण महासंघको एक्सेस कार्यक्रममा सम्झौता गरेर त्यस्का गतिविधिहरु अगाडी बढाइएको थियो ।” बस्नेतले भन्नुभयो,–“यसैबीचमा २०७८ सालमा कोरोनाले प्रोबेसन ब्राण्ड कार्यक्रमका लागि नेफ्स्कूनले अडिट गरेको थिएन् । नेपालका ३३० वटा बचत तथा ऋण सहकारी संस्थाहरु यस कार्यक्रममा आबद्धमध्ये ८ वटा संस्थाहरुले यस बर्ष प्रोबसेनको अडिट गर्न सफल भएको थियौं ।” त्यसमध्ये लेकाली सकोस ५औं नम्बरमा पर्न सफल भएको व्यवस्थापक बस्नेतले बताउनुभयो ।
यस सहकारीको शेयर पुँजी ६ करोड ९४ लाख ८६ हजार ८ सय रहेको छ । जगेडा कोष ३ करोड ३८ लाख ५९ हजार १६२ रुपियाँ रहेको छ । कूल बचत ४२ करोड ११ लाख ८८ हजार १६६ रुपियाँ रहेको छ । यसले ४८ करोड ३१ लाख ६९ हजार ३ सय ३६ रुपियाँ कर्जा लगानी गरेको छ । यसको कूल सम्पत्ती ५६ करोड ४५ लाख २६ हजार ८६८ रुपियाँ रहेको छ । हालसम्म यस सहरकारीमा ३ हजार ५ सय ४५ शेयर सदस्य हुनुहुन्छ । यस सहकारीबाट १ हजार ५ सय ११ जनाले ऋण लिनुभएको छ । यसका १ हजार १ सय १२ जना नाबालक सदस्य आवद्ध रहेका बस्नेतले जानकारी दिनुभयो ।
लेकाली सकोसका अध्यक्ष गोपाल पन्थीको अध्यक्षता निवर्तमान् अध्यक्ष भुवनप्रसाद अर्यालको प्रमुख आतिथ्यता तथा सल्लाहकार एवम् पूर्व अध्यक्षहरु रमेश थापा, दधिराम नेपाली, मुकुन्दहरी गौतम, देबहादुर बस्नेत, यमबहादुर थापाको बिशेष आतिथ्यता र निवर्तमान् उपाध्यक्ष गणेश श्रेष्ठ, पूर्व उपाध्यक्ष नमोनारायण पन्थी, सचिव बलबहादुर कुँवरको आतिथ्यता साथै संस्थाका उपाध्यक्ष देवराज पाण्डेको स्वागत, निबर्तमान उपाध्यक्ष गणेश श्रेष्ठ र निबर्तमान अध्यक्ष भुवन अर्यालले सुभकामना मन्तव्य दिनुभयको थियो ।
साथै कोषाध्यक्ष तथा एक्सेस कार्यदलका संयोजक कृष्णप्रसाद पोखरेलको सञ्चालनमा सुखी साटासाट तथा बधाई ज्ञापन कार्यक्रम गरिएको थियो । संस्थाले ब्रान्ड प्राप्त गर्नमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गरेको थियो । २०५० साल माघ २५ गते तत्कालिन डिभिजन सहकारी कार्यालय पाल्पामा दर्ता कायम रहेको लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि.जिल्लामा उत्कृष्ट साकोसको पहिचान स्थापित गरेको छ ।