चालू पुँजी कर्जा मार्गदर्शन संशोधन हुँदा पुराना ऋणीलाई राहत (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ। उद्योगी व्यवसायीले मार्गदर्शन कार्यान्वयनमा आए उद्योग व्यवसाय नै सञ्चालन गर्न नसकिने भन्दै आन्दोलन गरेपछि आज राष्ट्र बैंकले बाध्य भएर संशोधन गरेको हो । 
आज संशोधन भएको मार्गदर्शनले कार्यान्वयनमा आउनुअघि तोकिएको सीमाभन्दा बढी कर्जा लिने ऋणीलाई राष्ट्र बैंकले २ वर्षको समय थप गरिदिएको छ। जसमा सीमाभन्दा बढी कर्जालाई आवधिक कर्जालाई आवधिक कर्जा मानेर ५ किस्तामा भुक्तानी गर्नुपर्ने व्यवस्था थप भएको छ। 

मार्गदर्शन लागू हुनुभन्दा पहिले चालू प्रकृतिका कर्जा लिएकाको ऋण पुनर्तालिकीकरण र पुनर्संरचना गरिएको मानिनेछैन। सीमाभन्दा अधिक कर्जा लिने ऋणीले भुक्तानी २०८० असार मसान्तदेखि सुरु भएर २०८१ असारर पुस र २०८२ असार र पुस मसान्तमा भुक्तानी गर्नुपर्ने संशोधनमा उल्लेख छ। 

सीमामाथि रहेका चालू पुँजी कर्जामा थप प्रोभिजन गर्नु नपर्ने र तोकिएको समयभन्दा अगावै भुक्तान गर्नु चाहेमा ऋणीलाई पूर्वभुक्तानी गर्ने पर्ने व्यवस्था लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै आज संशोधन भएको व्यवस्थाअनुसार आवधिक कर्जालाई असार मसान्तपछि लागू गरेर पाँच वर्षभित्र व्यवस्थापन गर्नुपर्ने उल्लेख छ। यसअघि रोकिएको कर्जा नवीकरण असार, पुस र चैतमा नवीकरण गर्न सकिने समेत संशोधनमा उल्लेख छ। 

राष्ट्र बैंकले ५० लाख रुपैयाँको सीमालाई १ करोड रुपैयाँसम्मको कर्जाका लागि बढाएको छ। १ करोडभन्दा कमको लागि मार्गदर्शनको नियम लागु नहुने व्यवस्था गरिएको छ।

चालू पुँजी कर्जा मार्गदर्शन संशोधनको पूर्ण पाठ