फाल्गुन २ देखि ६ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा घरेलु महतोत्सव हुने
काठमाडौं । १६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला फाल्गुनको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ ।
आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाल्गुन २ देखि ६ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
मुलुकभरका झण्डै ६ लाख भन्दा बढि लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मूख्य नारा नेपाली वस्तु प्रयोग गरौं, नेपाल भएकोमा गर्व गरौं र मिहनेत , श्रृजना, उत्पादन र वस्तु मेरै नेपालको भन्ने रहेको महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले जानकारी दिएका छन् ।
मेलामा मुलुकका लघु, घरेलु, तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सवै खाले उद्योगको उत्पादनलाई समावेश गरि बिटुबि, बिटुसी जस्ता अन्तक्र्रिया, छलफल हुने उनले बताएका छन् । उनले मेला आयोजना गर्न सवै सरोकारवाला निकायसंग समन्वय गरिएको जानकारी दिए ।
त्यस्तै मेलामा नेपालका साथै भारत, पाकिस्तान वंगलादेश लगाएत सार्क मुलुक तथा चीनको सहभागीता रहने र दुई सय स्टलको व्यवस्था गरिएको महासंघले जनाएको छ । मेलाको दुई लाख बढिले अवलोकन गर्ने र ७ करोड भन्दा बढि आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।