जनताको अपेक्षा अनुसार काम नभए सरकारमा बस्दैनौं : गृहमन्त्री लामिछाने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको अपेक्षाभन्दा फरक किसिमको काम कारवाही भए सरकार वा पदमा नवस्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री समेत रहनुभएका लामिछानेले आफुहरु जनताको अपेक्षा र आफुहरुको एजेण्डा पुरा गर्न मात्रै सरकारमा सामेल भएको भन्दै जनताको अपेक्षा भन्दा फरक काम कारवाही भए सरकारवा पदमा नवस्ने बताउनुभएको हो ।
लामिछानेले निर्वाचनमा जनताले दिएको जनमत अनुसार नै सरकार बनेको र साझा न्यूनतम कार्यक्रम मार्फत जनताको पक्षमा काम गर्ने जिकिर गर्नुभयो । उहाँले सरकारलाई प्रतिपक्षीले रचनात्मक ढंगले सल्लाह र सुझाव दिने अपेक्षा गर्नुभयो ।
उहाँले आफु र आफ्नो पार्टीका कोहि पनि सांसद तथा सदस्यहरु अनियमिततामा संलग्न भए निर्मम ढंगले सजाय भोग्न तयार रहेको स्पष्ट पार्नुभयो ।