राप्रपा मुलुकको अस्थिरताको कारक बन्दैन : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी अस्थीरतताको कारक नबन्ने स्पष्ट पारेका छन् ।
सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लिङ्देनले मुलुकका समस्याहरु सामूहिक रुपमा समाधान गर्नुपर्ने पक्षमा राप्रपा रहेको र मुलुकको अस्थिरताको कारक नवन्ने स्पष्ट पारेका हुन ।
अहिलेको जनताले दिएको मत हेर्दा कुनै राजनीतिक दललाई पूर्ण रुपमा विश्वास गर्न नसकेको उनले बताएका छन् । मुलुकसामू आर्थिक लगाएतका धेरै समस्या रहेकाले राप्रपा बिकासको वाधक पनि नवन्ने बताए ।
लिङ्देनले अघिल्लो कार्यकालमा संसद भवन छाड्दा धेरै सांसद लिएर आउने भनेपनि धेरै ल्याउन नसकेको तर जनताको भावनाको प्रतिनिधित्व गर्दै संसदमा आएको धारणा राखेका छन् ।
अध्यक्ष लिङ्देनले सबै राजनीतिक दल र विचार मिलेर मात्रै देशले निकास पाउने जनादेश प्राप्त भएको बताएका छन् ।
कुनै पनि राजनीतिक दल एक्लै अगाडि जान नसक्ने र कसैले पनि कुनै दल र विचारलाई निषेध गरेर जान नसक्ने लिङ्देनको भनाइ छ ।