वर्तमान सरकारसँग धेरै चुनौती छन् : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग धेरै चुनौती रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीलाइ विश्वासको मतको समस्या नभएपनि सरकारसंग भने धेरै चुनौति रहेको बताउनुभएको हो । उहाँले अर्थतन्त्रलाई मजबुद बनाउने, राष्ट्रियतालाई बलियो बनाउने देखि सुशासन कायम गर्ने, भ्रष्टाचार रोक्ने लगाएतका चूनौति सरकार सामू रहेको बताउनुभयो ।
उहाँले अव सवैलेले आफ्नो कार्यभार देश र जनताकै लागि उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । ओलीले अव पनि सरकार ढलाउने बनाउने खेलमा लागे समयको बर्वादी हुने र देशका लागि काम गर्न नसकिने धारणा पनि राख्नुभयो ।
उहाँले व्यक्तिको मान सम्मानका लागि नभई देशमा उन्नति गर्नका लागि सरकार बनाउनुपर्ने पनि बताउनुभयो । संसद्मा नयाँ दल र नयाँ सांसदहरूको उपस्थिति नै जनताको परिवर्तनको आकांक्षा भएको उहाँको भनाइ छ ।
ओलीले नयाँ जनादेश माग्न जानु प्रतिगमन नभएको र अन्यत्रबाट सरकार ढाल्न खोज्नु प्रतिगमन भएको तर्क गर्नुभयो । त्यस्तै ओलीले यसपटक सफल सांसद भएर देखाउनुपर्ने जिकिर गर्नुभयो ।