प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा दुई महामन्त्रीसहित चार नेताको नोट अफ डिसेन्ट
काठमाडौँ । नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । संसद भवन नयाँबानेश्वरमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको एक नेताले बताएका छन् ।
बैठकमा सरकारलाई मत दिने विषयमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र बलबहादुर केसीले असहमति जनाएका छन् ।
कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि अब संसदीय दलको बैठक बस्ने भएको छ।
उक्त निर्णयलाई अब संसदीय दलको बैठकले अनुमोदन गर्ने बताइएको छ।