सेवा प्रवाह र राष्ट्रियताको सन्दर्भमा भएका प्रतिवद्धताका आधारमा सरकारलाई पूर्ण समर्थन : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनतालाई दिने सेवा प्रवाह र राष्ट्रियताको सन्दर्भमा भएका प्रतिवद्धताका आधारमा सरकारलाई पूर्ण समर्थन रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विश्वासको मतमाथिको छलफलका क्रममा लिङदेनले जनताको चाहना सुशासन कायम राख्न र विकासको गति तीव्र रुपमा बढाउनुपर्ने बताउनुभएको छ ।

अहिलको संसदीय संरचनाले नै सबै मिलेर जानुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । अध्यक्ष लिङ्देनले पुथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकामा धन्यवाद व्यक्त गर्दै नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई सम्झँदा कसैले पनि हीनताबोध गर्न नपर्ने बताउनुभयो ।

पृथ्वीनारायण शाहप्रति गौरवबोध गर्दा पछाडि फर्किएको अनुभव गर्न नहुने उहाको भनाइ छ ।