‘पृथ्वी जयन्ती मनाउन नेपालीको गौरवको बिषय’

काठमाडौं । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौंको भृकृटीमण्डपमा आयोजना गरिएको चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगाएतका नेता कार्यकर्ता सुभेच्छुक तथा समर्थकहरुको उपस्थिति रहेको थियो ।
सो क्रममा एमाले अध्यक्ष ओलीले पृथ्वीनारायण शाह कै कारण अहिलेको नेपाल बनेकाले सवैले उहाँको योगदानलाई स्मरण गर्नुपर्ने बताएका छन् ।
त्यसैगरि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्र बनाउन र बचाउन राष्ट्रिय एकताको खाँचो रहेको र त्यहि अनुसारको अभ्यास गर्दै आएको बताए । पृथ्वी जयन्ती मनाउन नेपालीको गौरवको बिषय भएको बताए ।


त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पृथ्वीनारायण शाहको योगदानको बारेमा कुनै विवाद नरहेको बताएका छन् ।
चियापान कार्यक्रममा कमल थापाले राप्रपाप्रति स्नेह, सद्भाव र माया रहेको भन्दै वैचारिक कारण भिन्न रहेको बताए । उनले राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिएको प्रति धन्यवाद दिदै यसको पहल गरेकोमा राप्रपालाई धन्यवाद दिएका छन् ।
त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लामो मागपछि सरकारले पृथ्वी जयन्तीका अवसरमा विदा दिएर सरकार शुभकार्य गरेको बताएका छन् ।
राप्रपाले हरेक बर्ष पृथ्वी जयन्ती तथा एकता दिवसका दिन चियापान कार्यक्रम गर्दै आएको छ ।